April 8, 2008

नयाँ वर्ष: जोगाऔँ हर्ष

सपाली पनि उहिले-उहिलेझैँ फेरि नयाँको बहाना । केही नगरे पनि नयाँ वर्षको भ्रमले कता-कता उमङ्गको आङमा तातो भने गजबले लगाउने गर्छ । यसैले पनि अहिलेसम्म हामीले नयाँ वर्षलाई घोडा बनाएर सवारी चलाइराखेको हो कि क्या हो ? खोइ, यो त मेरो मात्र विचार । हुन पनि नयाँ वर्षे हाम्रो लागि जमघटमा 'चियर्स !' बोकेर ल्याउँछ । आफन्ती हातहरूमार्फत 'धेरैधेरै राम्रो जीवन बाँच्नू है' भन्ने शुभकामना थमाउँछ । अनि यस्तैयस्तै हँस्यौलीबीचमै, कलाकारले अमूर्त चित्र उतारेझैँ यही 'ह्याप्पी न्यू एर' ले हाम्रो निधारमा सुस्तरी हस्ताक्षर कोर्दै जान्छ ।

कोठाको सानो संसारमा क्यालेन्डरले बोकेर ल्याउँछ नयाँ वर्षर हामी त्यससँगै आँखमिचौली खेल्दै मन-मगजभरि उत्साह सजाएर नवीकरण हुन खोज्छौँ । म पनि त्यो एउटा पात्र, अर्को पात्र सायद तपाईँ पनि । यो नवीकरण त मानौँ सेताम्मे हिमश्रीपेचधारी बूढाबाजेले सपक्क मेहन्दीले कपाल लिपेर मुस्कुराउनुजत्तिकै हो । तै पनि हामी नवीकरणमा बूढी औँठाको ल्याप्चेलाई झन्-झन् भद्दा चालले दबाइरहेछौँ ।

नयाँ वर्ष
नयाँ नेपाल ।
यो खुइले नारा कसले बोल्यो, त्यो त थाहा भएन । यति थाहा छ, पृथ्वीका आउने दिनहरू झन् दिनानुदिन चुनौतीपूर्ण हुँदै गइरहेछ र पृथ्वीबासी आफ्नै कारण खतराको सूचीमा परेका जैविक सम्पदा । यस्तोमा तपाईँ-हामीले गर्ने के ? उपाय एउटै छ- भएको कुरालाई जोगाउने । अर्थात् जे-जस्तो कुरा आफूसँग बचेको छ, त्यसको संरक्षण गर्ने । आउने दिनमा के होला, बेठेगान छ । यस्तो बेठेगान स्थितिमा पोल्टोभित्र राम्रै कुराको तहतह ओइरो लाग्नु त परकै कुरा, भएको आफ्नो आंशिक हर्षपनि नबगाउला भन्न सकिन्न । यसैले 'आस गर भर चाहिँ बाबै हो पर्दै नपर' भन्ने उहिलेको उखान सम्झिँदै आफ्नो मौजुदा वस्तु-पदार्थलाई बचाउनतिर लागौँ । यो नयाँ वर्षमा बचेखुचेको हर्ष जोगाउन सकौँ भन्ने शुभकामना छ है !
सबै ठिकठाक रहून् ।

- अप्रिल ८, २००८ (नक्साल)

3 comments:

  1. la la badai chha jiban bhai..Blog ma nikkai pragati bhayechha.Ani naya barsa 2065 n naya Nepal banaune sapana pura hos bhanne subhakamana chha hai ta.

    ReplyDelete
  2. mero blog pani yeso herera comment garnu hai ta.www.himjyotithapa.blogspot.com

    ReplyDelete
  3. बडो स्वाद लाग्यो मित्र तपाईको विविध लेखनमध्येको यो टुक्रा पढ्न पाउँदा । यस्तै यस्तै कुराकानीका पोका पन्तेराहरु खोल्दै जानुहोला आगामी दिनहरुमा । नत्र कसलाई के थाहा, मनका अन्तरकुन्तरमा लेउ लागेर टाँसिएर सुक्ने पो हुन् कि?

    नयाँ साल र नयाँ नेपालको शुभकामना छ तपाईलाई । सबै त हैन मुख्य मुख्य कामकाज चाहि पूरा भएरै छाडोस् । जय होस सबैको ।

    ReplyDelete