December 31, 2008

नयाँ वर्ष ! मङ्गल होस् !!

पहिले त हाम्रो एकापसको मङ्गल कामना आदानप्रदान भन्दा पनि नयाँ वर्षकै मङ्गल होस् । अर्थात् समयको मङ्गल होस् । समयलाई मङ्गल भएपछि त्यसैको रापमा हामी सबै न्यानो बनिहाल्छौँ । यदि कामना लाग्छ र यसको केही तागत हुन्छ भने नेपालको समय अबदेखि ठीक-ठीक बजोस् । सुई बिग्रिएको अवस्था पलापला झेल्नु नपरोस् ।

इस्वी सम्वत् अर्थात् ग्रेगरियन क्यालेन्डरको व्यापकता हाम्रो नेपाली जनजीवनमा मजैले घुलेको छ । केही अघि 'क्रिसमस डे', अबको केही पछि 'भ्यालेन्टाइन डे' ! ज्वरो हनहनती नेपाली निधारमा उम्लिएको उम्लियै । सांस्कृतिक सङ्क्रमणको आडमा कार्ड र गिफ्ट आदिमार्फत व्यापारको ठूलै चलखेल नेपाली बजारमा रन्किने गर्छ । यसै ज्वरोको मदमस्त नशामा 'पानीपट्टी' लिँदालिँदै घानमा परेर मौलिक संस्कृतिको सिन्दूरी रेखा एकपछि अर्को धमिलिँदै जाला कि ?

दैनिक घिसापिटानबाट भुत्ते बनेको जीवनलाई रौनकताले चार्ज गर्न विभिन्न अवसर छोपेर खुसियाली मनाउने क्रममा विदेशी संस्कृतिलाई च्याप्नु कतिपयको लागि राम्रो बहाना पनि बन्ला । तर त्यस रूपमा मनाउँदा पनि, भन्छन् नि अति गर्नु अत्याचार नगर्नु । आफू, आफ्ना र सामुहिक रूपमा बढीभन्दा बढीलाई राम्रो हुन्छ, फाइदा पुग्छ भने नराम्रो काम पनि गर्नुपर्छ रे (अर्थको अनर्थ नलागोस् है !) । त्यसैगरी, राम्रै मानिएको कुराले पनि धेरैको अहित गर्छ भने त्यसलाई टाढैबाट 'बिदा' भनिदिए वेश । यस मानेमा नयाँ वर्षलाई कुन रूपमा र कतिसम्म ग्रहण गर्ने, आजको पुस्ताले अवश्य सिक्दै जाला ।

नेपालीहरू ३६५ दिनको अवधिमा धेरै नयाँ वर्ष मनाउँछन् । विक्रम सम्वत्, इस्वी सम्वत्, नेपाल सम्वत्, तमु ल्होसार (गुरुङ संस्कृतिको नयाँ वर्ष)…...। थरीथरी क्यालेन्डरलाई काखी च्यापेर बिहान 'हाइ' गर्छन्, बेलुका 'बाइ' । यसो सबैलाई सम्मान र मान्यता दिने प्रयास पनि भनिटोपल्न सकिएला । यसपाली इस्वी सम्वत्‌को नयाँ वर्ष २००९ लाई नेपालीहरू लोडसेडिङको ध्वाँसे अध्यायमा लिपिबद्ध गरेर मनाउँदैछन् । अरू कैयन् वर्षसम्म नयाँ वर्ष मनाउने ज्योतिर्मय उल्लासको कुरामा कुनै फेरबदल हुने छैन । ध्वाँसैध्वासो । खान सजिलो पचाउन गाह्रो एनजीओको जागिरमा मस्त साथी समृद्धि सायदले भनेजस्तै गर्न सके अर्कै कुरा । अभ्यास गर्नुस् है :- 'आधा-आधा पेट, पूरा-पूरा प्रेम, क्यान्डल लाइट डिनर, हरेक दिन आहाऽऽ !'

२००९ को उल्लासमा समस्त ब्लगर मित्र, शुभेच्छुक आत्मीयजन, बोलचालमा जोडिने तथा मौन तादात्म्य राख्‍ने प्रिय पाठक साथै अन्य अपरिचित साथीसँगी तथा अग्रजजनमा सिर्जनशीलता, सहज जीवनयापन एवम् निरन्तर प्रगतिको मङ्गलमय कामना व्यक्त गर्दछु । Café ब्लग परिवारको हार्दिक भाव ।

****************************************************************************

14 comments:

  1. यस ब्लगका सर्जकहरु र सबै पाठकहरुमा नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना!!!

    ReplyDelete
  2. जे सुकै भनौं या जसरी नै सोचौं यो यौटा मौका हो शुभकामना बाँडीचुँडी गर्ने अत मंगलमय शुभकामना छ तपाईंलाई नयाँ वर्ष सन् २००९ को ।

    ReplyDelete
  3. शुभ काममा ढिला नहुनु भन्छन् तर पनि यो लोडसेडिङको कमाल हो-प्रमुख कुरा यो नेपाल हो । हुन त खासै ढिला भएको छैन । जे होस् नयाँ वर्ष सन् २००९ को मंगलमय शुभकामना छ है धाइवा जी अनि क्याफेका सम्पूर्ण सारथीहरुलाई।

    साह्रै व्यस्त हुनुभयो क्यारा हगि ? देखभेट हुने साइत जुर्न छाड्यो।

    ReplyDelete
  4. जोतारे जी
    नमस्कार,
    सर्ब प्रथम त नयाँ बर्ष २००९ को
    पुनित अबसरमा शुभकामना।
    नयाँ कामका थालनिहरु को शुरुवात होस्
    यो नयाँ बर्षमा। पुन शुभकामना।

    ReplyDelete
  5. HAPPY NEW YEAR 2009!

    ReplyDelete
  6. Let the world be heaven
    No hell
    No criminal
    No jail
    Joy and Peace
    No fear
    May dream come true
    HAPPY NEW YEAR

    ReplyDelete
  7. Little deeds of kindness
    Little words of love
    Make this earth an eden
    Like the heaven above.......
    HAPPY NEW YEAR 2009
    TO all blog followers.
    samridhdhI

    ReplyDelete
  8. सबै हितैषी एवम् शुभेच्छुक प्रिय मित्रहरुलाई शुभ कामना अर्पणको लागि आभार सहित हार्दिक कामना चढाउँछु ।
    दिपेन्द्रजी र विमलजीसँग पनि आगमी यात्रामा हातेमालो रहने नै छ । कैलाशजी, समयको भारी बोक्दा कहिलेकाहीँ यस्तै हो, होइन र ? र पनि आफुलाई संयोजन गर्दैछु । तपाईंलाई वीरसना कहाँ सक्ने छु र ? अब भेट हुनेछ ।

    ReplyDelete
  9. ढिलै भएपनि नयाँ वर्षको धेरै शुभकामना सबैजनालाई !!

    ReplyDelete
  10. Happy New year..to u ..and to all

    ReplyDelete
  11. म पनी तपाईको कुरामा सहमत छू र भनी हालुम न त ! पहिला समयको मंगल होस अनि त्यसको राप ले तपाई हामी सबैको मंगलम होला नि त - सबै भन्दा त 'CaFe मंगलम' को मंगल होस । धन्यबादम !

    ReplyDelete
  12. पछिल्ला चार मित्रहरु उजेलीजी, अविनाशीजी,सिकारुजी र वेदनाथजी सबैलाई क्याफेको तर्फबाट आभार एवम् हार्दिक मंगलमय कामना !

    शुभ कुरामा केको ढिलाई होइन र उजेलीजी ?
    वेदनाथजीको यस गहिरो मंगल भाकाप्रती नतमस्तक छु । तपाईंको साहित्य यात्रा पनि मगमगाइरहोस् ।

    ReplyDelete