March 8, 2009

... यस्तरी

लेछ ती अधरमा जुनार यस्तरी
आँखाभरि नाचिरह्यो मुहार यस्तरी !

मनमनै डाक्यौ होला मलाई प्यारले,
मैले भने सुनेँ सोझै पूकार यस्तरी !

घाउ थियो भित्र कतै आँसु चुहाउँथ्यो,
तिमी आयौ तब भयो सुधार यस्तरी !

आफू प्यासी रहेर नै तृप्‍त पारेको छु,
को पो होला दुनियाँमा उदार यस्तरी !

मुटुभित्र मायालुको फोटो खिचाएर,
भएको छु ती आँखामा कुमार यस्तरी !



11 comments:

  1. Dhaiba जी ले पनी आफ्नो पोल खुलाउनु भएको रहेछ .... जीवन भनेर ... ल धन्यवाद !

    गजलको धार नै राम्रो

    गजलको सार नै राम्रो

    यो पनी राम्रो नै लाग्यो ।

    तर मा 'मुहार' देखि 'पूकार' अनी त्यस्तै 'उदार' बाट ' कुमार' चाहि अली पढ़दा को मिठास मा कस्तो कस्तो भए जस्तो लाग्यो ... हुन त गजल को पारखी मात्र परे ... आफै लेख्या छैन ।

    ReplyDelete
  2. वाह! वाह!!

    एकदमै सरल भैकन पनि ज्यादै मीठो ।
    ती मध्य पनि यी दुई शेर एकदमै राम्रो लाग्यो :

    मनमनै डाक्यौ होला मलाई प्यारले,
    मैले भने सुनेँ सोझै पूकार यस्तरी !

    आफू प्यासी रहेर नै तृप्‍त पारेको छु,
    को पो होला दुनियाँमा उदार यस्तरी !

    ReplyDelete
  3. धाइवा जी कति मज्जाले गर्नु भाको मायालुको बयान । रिसाएको मान्छेले पनि मनै देला जस्तो गरी । मिठो गजल् ।

    अनि तपाइको यो तस्बिर त झनै राम्रो लाग्यो मलाई ।

    ReplyDelete
  4. राम्रो गजल । सबै शेरहरुमा प्रयुक्त काफियाहरु सरल भैकन पनि सशक्त !

    ReplyDelete
  5. गजल राम्रो लाग्यो... गजल माथिको फोटो झन राम्रो लाग्यो....

    ReplyDelete
  6. साह्रै मिठो गजल! सरल तर सरस र सशक्त!

    ReplyDelete
  7. सबैले भनेजस्तै सरल तर एकदमै मिठो गजल !! मलाई त एकदमै मनपर्‍यो !!!!

    ReplyDelete
  8. गजलका शेर,मिसरा, काफिया, रदिफ,मत्ला, मक्ता सबै मिले जस्तो लाग्छ मलाइ त। शब्द सरल तर भाब अत्यन्त गहिरो र मार्मिक छ। हुनत मलाई गजलको बारेमा त्यती थाहा छैन तर गजलको पारखी भने अबश्य नै हुँ र फुर्सद को समयमा कहिलेकाही आफु पनि सकी नसकी गजल लेख्न भने पछी पर्दिन। सबै साथीहरुले भने जस्तै गजल त सुन्दर छदै छ तर त्यसको सुन्दरता मा निखर ल्याउने काम गजल माथिको फोटोले गरेको छ भन्न म पनि पछी पर्दिन है।

    ReplyDelete
  9. शुभेच्छुक सबैमा हार्दिक आभार ! गजल खासमा मेरो पहिलो प्रेम नै हो । पछि मात्र कवितातिर हेलिएको हुँ । वेदनाथजीलाई काफीया मन नपरेको हो कि, भावमै ढुङ्गा लागेको हो त्यति प्रष्ट हुन सकिनँ । सकेसम्म शिष्टतालाई सीमाबाहिर हुत्तिन नदिई लेखेको हुँ । सिकारुजी, मिलनजी अनि प्रवीणजी, तस्बिर चाहिँ मेरो होइन है :)
    प्रवीणजीको पहिलो पाइलालाई स्वागत गर्छु ।

    ReplyDelete
  10. the freshness of the very first line fr comparing ur love’s adhar with junar instead of conventional flowers like gulaf etc made me to go to the second line… and found that every line compels u to go to the other…truly a refreshing gazal…wa wa kabi jyu kya baat…

    ReplyDelete
  11. First, You are very warm wel come.
    Thank you so much for your appreciation Divasji. I wanna give some extra touch on Ghazal as i can. Be with me.

    ReplyDelete