July 30, 2009

स्वयम्भू: सुन्दरी र सुरदासहरूको लस्कर

दिक्क पनि लागेको छ, त्यसै।
त्यसलाई तर भोकले उछिनेको छ । दिक्क लाग्नुभन्दा भोक लाग्नु वेश । सोइपरी । चार जना नौजवानले बजाए हाफ-हाफ प्लेट भन्दै जम्मा आठ प्लेट चाउमिन । अक्षरको खेतमा लागिमेली गर्ने क्रममा भेटिएका सहयात्री मित्रहरू जनक, सुदीप, आरके सँगै म छु फुरुङ्गिएको । चार मध्ये जनकबाहेकका तीन भाइ हामी कहाँ जाने फुर्सदको काँटी जलाउन भनेर निकैबेर तिरिमिरी भइरह्यौँ ।

क्यामेरा छ ?- सुदीपले सोध्यो । झोला खँदिलै थियो । टाउको हल्लाएँ । घुमघाम बाहेक तस्बिर खिच्ने नै हाम्रो एकसूत्रीय सोच रह्यो । गाडी चढेदेखि नै बाटैबाट फुटपाथसम्मका तस्बिर खिच्न सुरु गरियो ।
तर यहाँ स्वयम्भू पुगेपछिको फेदीदेखिको तस्बिर मात्र राख्दैछु ।
--------------------------------------------


* पर्यटक-पोज : कपडामा बुट्टा भर्ने कला-व्यवसायीसँग विदेशी पर्यटक झैँ बनेर तस्बिर खिचाउने मुद्रामा आरके ।


* एक-दुई-तीन : स्वयम्भू थुम्कोमा चढ्ने खुड्किलो ।



* धम्म शरणम् : रुखमुनि ध्यानमुद्रामा सुदीप । बाटोमा हिँडिरहेका विदेशी पर्यटकहरू समेत यो ध्यानमुद्रा र तस्बिर खिचाइ देखेर मख्ख पर्दै 'न्यू बाबा' भनेर मस्त मुस्काइरहेका थिए । अभिभावकको साथमा स्वयम्भू-दर्शनमा आएका टिनएजर केटीहरू पनि के कम !? कुकुरको पुच्छर देख्दा पनि हाँस्ने उमेरका भनिने उनीहरू हाम्रो 'ध्यानी लीला' देखेर खितखिताइरहेका थिए ।



ॐ शान्ती : रुखकै फेदमा मग्न रहेर तथास्तु-मुद्रामा ।



* जोखाना : रुद्राक्षको मालाको गेडा गन्दै । पछि एउटी दिदीले माला औँलाले कुन विधिले पक्रिने भनेर सिकाएपछि सुदीप झन् निर्धक्क तयार भएको थियो यो पोजका लागि ।



* बन्जी जम्प ? होइन : खुड्किलो चढ्ने क्रममा दायाँ-बायाँ बाटो छुट्याउनलाई राखिएको समात्ने बारमा लमतन्न परेर सुत्दै । छैन त कुनै आरोहण जस्तै ?



* भवतु सब्ब मङ्गलम् ! : सुदीपले ध्यानमग्न मुद्रामा तस्बिर खिचाएर वरिपरिका
बटुवाहरूको बीचमा रमाइलो छवि बनाएपछि त्यसैको सिको गर्दै आरके ।



* जहाँ छन् ... : बुद्धको पलेँटीछेउ हाम्रा फैलिएका जोर गोडा ।



* पहिलो झुल्को : सिँढी हुँदै माथि चढ्दाचढ्दै देखिने स्वयम्भूको झलक ।



* ....घुमाउने काठमाडौँ सहर : स्वयम्भू थुम्कोबाट राजधानी काठमाडौँ नियालिरहेका सर्वसाधारण । उचाइमा रहेको स्वयम्भू आउने दर्शनार्थीको अर्को लोभ उपत्यकाको एकसरो अवलोकन पनि हुने गरेको पाइन्छ । कतिपय त दर्शन नभई घुमघामा र अवलोकनकै लागि डाँडा उक्लिन्छन् ।


* सुन जस्तै : स्वयम्भू मुहार दर्शनको आकर्षण ।


* अर्को कुनाबाट : स्वयम्भूको अर्को रङ ।


* भाग्यको स्वयम् परीक्षा : स्वयम्भू परिसरमै फेदीमा रहेको सानो कुण्डमा सिक्का पैसा खसाल्दै दर्शनार्थी । फ्याँकिएको सिक्क कुण्डबीचमा रहेको सतहमा अँडियो भने भाग्य बलियो भएको विश्वास गरिन्छ । यसरी एकचोटिमा १० रुपैयाँको सिक्का फ्याँकिने रहेछ ।



* मैँ सुन्दरी ! : बच्चा च्यापेकी सुन्दरीले हामीलाई निकै बेर हेरी । क्यामेरा खोसिने डरलाई खल्तीभित्र कोचेर तस्बिर भने लिइछाडियो ।



* मायाको बोझ : हाम्रो खुसुरमुसुर चाल पाएर बच्चाहरूलाई साथमा बोकी लाखापाखा लाग्दै अर्की सुन्दरी ।


* सुरदासहरू सुर न नूर : उक्लिँदा, फन्को मार्दा र ओर्लिँदा भोक र थकाइले कायल हाम्रो हालत ।


* देखे-देखे झैँ, भेटे-भेटे झैँ : स्वयम्भूसँग जुधाएका आँखा फेदी झरेपछि सहरको धूलोले पुछिँदै गर्दा थुम्कोको चहक अझ लोभलाग्दो देखिँदै थियो ।

17 comments:

  1. स्वयम्भु घुमाउनुभएको मा धन्यवाद ! मलाई नि जाउँजाउँ लागेर आयो ।

    ReplyDelete
  2. रमाईलो घुमघाम गर्नु भएछ | फोटो र क्याप्सन दुबैले मन छोयो | धन्यबाद है...|

    ReplyDelete
  3. This comment has been removed by the author.

    ReplyDelete
  4. यहाँ बसि बसि स्वयम्भु घुमे है मैले त ।
    यति सुन्दर तस्बिरहरु बाँड्नुभएकोमा धन्यबाद् ।

    ReplyDelete
  5. लौ, धाइबा जी मज्जाले घुमाउनु भयो मनपरेको रमाइलो थुम्को तर सुदीप जी ले अचम्मै गर्नु भएछ यात्राको आकर्षणमा उहाँको चाल प्रति बढी तन्किए है म त । अति रमाइला फोटो सहितको यात्रा पस्कनु भएकोमा धन्यबाद धाइबा जी ।

    ReplyDelete
  6. मैले धेरै छुटाईसकेको छु पहिलेका पोष्टहरु पनि , यदाकदा पढ्न सम्म आउन नभ्याएको हैन तर प्रतिक्रिया लेख्न समेत आज आईपुग्दा यतिबिघ्न सुन्दर तस्विरहरुमा स्वयँभू देख्दा रमाईलो लाग्यो ।
    मैले जवाफमा धन्यवाद सम्म भन्न नसकेको जुन स्नेह लेखेर पठाउनुभएको थियो ईमेलमा , त्यसैको असर होला पुरै एक महिना स्किप गरेर फर्कँदा पहिलो प्रतिक्रिया लेख्न तपाईंकै क्याफेमा आईपुगेको छु । त्यो स्नेहमयी सोधनीलाई यहिँ धन्यवाद !

    ReplyDelete
  7. Dhaaiba jee dherai sundara tasbira haru prastuta garera swayambhunaathako darshana graaunu bhayo dhanyabaada.

    ReplyDelete
  8. sarailai ramailo post, i remember the days we used to go to swoyambhu with my friends......

    ReplyDelete
  9. धेरै पछि स्वयम्भु घुमियो! धन्यबाद धाइबाजी!

    ReplyDelete
  10. स्वयम्भू: र सुरदास त ठीकै ठीकै हो ! सुन्दरीले त झुक्याई हाल्यो नि ! ।

    स्वयम्भूको प्रसंग चले पनि यो'सुन्दरी' को दोहोरो अर्थ भने दिमागमा आएकै थीएन यो पोष्टमा छिर्दा सम्म :)

    म पनि धेरै जान्थे एकताका त्यहाँ। यो तस्विरहरुले पुराना यादहरु ताजा गराए र फेरी एक पटक आफै पुगेको महशुस भयो !

    ReplyDelete
  11. हास्यव्यंग्यको चाड गाईजात्रामा
    हाँस्ने केही विषयहरुः
    १. महँगीले थिच्नु
    २. कार आएर पेटीमै किच्नु
    ३. चामल खाएर पखालाले मर्नु
    ४. सीमारेखा रातारात सर्नु
    ५. पहिरोले मान्छे पुरिनु
    ६. अपराधीहरु सुरिनु....
    ... ... ...
    ... ... ...
    आउनुहोस्, मरी मरी हाँसौँ ।

    ReplyDelete
  12. यात्रा रमाइलो रैछ ।
    Enjoy!!!

    ReplyDelete
  13. मलाई पनि फोटोमा सुन्दरीको फोटोले केही भावुक बनायो।।।वाह "आमा" मेरो होस वा उसको, उसको होस बा तिम्रो आमा त आमानै होनी हैन?
    एकदमै राम्रो तस्विरहरु र मेरो सबै याद हरू ताजा गराइदिनु भयो तपाईहरुले। धेरै धेरै धन्याबाद है

    ReplyDelete
  14. हन यो कहिले पोस्ट गर्नु भएछ ह धाइबा ? चालै पाइएन भन्या

    तर सुन्दरी भनेर दिलिप ब्रो जस्ताइ म पनि झुक्किए सजातिय सुन्दरी होला भनेको त अन्तरजातिय पो परीछन् त्यो पनि कसैकी भैसकेकि, भैगो

    तर होस गरम है साथीहरु.. स्वयम्भुका सुन्दरिहरु त मापाकी हुन्छन नि.. धेरै नजिस्काउनु होला मान्छे देख्यो कि किस खान झम्टिन्छन

    ReplyDelete
  15. maile ta dekhdai nadekheko ni.... Swayambhu...yatra....khub ramailo pics haru.....

    ReplyDelete
  16. Frens you did a great job. Even i am a nepali and stayed in ktm for several years i never been to Soyambhu till now. Thank you for taking me to the top through your photos. what about videos? did not take any? Nepali video sharing, Nepali Music videos, watch upload and share for free
    have a nice time.

    ReplyDelete
  17. la hai sir tapai ko sahayog le maile visit nepal mero programe ko euta episode ready vayo , plz join me la www.facebook.com/dayaramg

    ReplyDelete