October 25, 2009

महिनाको फोटो : रानी पोखरी, रानी र भुराहरू



रानी पोखरी, इतिहासको ऐनामा माझिएको अनुहार । र मायाको कलिलो आँधी !
एउटा ठिटौले दिनमा जब हिँड्दै थिएँ पोखरीलाई बायाँ बनाएर,  एउटी युवती पोखरीछेउ उभिएर घोरिएको खुबै सुहाएको देखें मैले । ती नानीले माछालाई चारो छर्दै थिइन् पोखरीमा बस्, मेरो क्यामेरालाई पनि चारो मिलिहाल्यो, मैले क्लिक् बजाएँ । 

त्यही फोटो मेरो ब्लगको नयाँ स्तम्भ 'महिनाको फोटो'को पहिलो प्रस्तुतिमा पस्किएको छु  अब हरेक  नेपाली महिनाको पहिलो साता CaFe मा एउटा तस्बिर प्रस्तुत गर्दै जानेछु । फोटो पत्रकारिता आंशिक (पत्रकारिताको सिङ्गो पढाइअन्तर्गत नै केही मात्रामा पाठ्यक्रममा पढ्न पाएको) रूपमा पढेको उपयोगिता र फोटो खिच्ने आफ्नै रुचिबाट डोरिँदै यो स्तम्भ सुरु गरेको हुँ । सारा संसारको दर्शन गराउन नसके पनि देशको कुनै घटना, अवस्था र विशेषताको झलक दिन सकेँ भने मेरो यो प्रयासको फल त्यही हुनेछ ।

10 comments:

  1. एकदम मज्जाको काम थालनी गर्नुभयो दाजु !! मलाई पनि यो फोटो पत्रकारिता एकदमै मनपर्छ अनि समाजका विभिन्न पाटा ओकल्ने फोटाहरू साह्रै मज्जा आउँछ हेर्नलाई !!

    ReplyDelete
  2. अव चाहिँ क्यामरा किन्नुपर्यो म पनि । फोटोपत्रकारिताको मोहले पो तान्न थाल्यो मलाई त। धन्यवाद है !!

    ReplyDelete
  3. नयाँ शुरुवात को सफलताको कामना ।

    ReplyDelete
  4. फोटोको सुरुवात मलाई पनि राम्रो लाग्यो । बरु यो "टी नानी" चाही बुझीन है मैले !

    ReplyDelete
  5. बधाई छ ! नयाँ स्तम्भको नाम गजब लाग्यो । पक्कै रमाउनेछौं हामी तपाईंको यस स्तम्भ अन्तर्गत पस्किईने तस्विर ब्यञ्जनमा । शुभकामना !

    ReplyDelete
  6. गजबको idea धाइवा जी ! नयाँ पाइलाको लागि हार्दिक शुभकामना, नौलो आयामले सदैव निरन्तरता पाओस् ...

    ReplyDelete
  7. सफलताको शुभकामना ! मलाई पनि राम्रो लाग्यो यो प्रयास |

    ReplyDelete
  8. राम्रो शुरुवात! सफलताको शुभकामना!

    ReplyDelete
  9. तपाइंको आँखाले देखेको कुरा क्यामराको आँखाले पनि देखोस | फोटो हेरेपछि वर पर माथि तल केहि पढ्नुपर्ने नहोस | शुभकामना!

    ReplyDelete
  10. हुटहुटीको लागि आभार ।
    पक्कै पनि सामाजिक आँखीझ्यालको रूपमा यसलाई विस्तार गर्नेछु ।
    तर चैतन्यज्यूले भने जस्तो 'तस्बिर आफैँ बोल्छ' भन्ने रूपमा नभै फोटो फिचरको ढाँचामा यसलाई पस्किने सोच हो मेरो ।

    ReplyDelete