October 27, 2009

योगफल



गुँड बनाएर
यही मनको टोड्कामा
आफ्नै तापमा हुर्किएको
मैँसँग थियो एउटा घाउ

एक्लै थियो-
टोलाउँथ्यो
निस्ताउँथ्यो
एक्लो मातमा पुलपुलिँदै
दिनुसम्म दुःख दिन्थ्यो

घाउको यो एकल राजमा
तिमीले थपिदियौ अर्को घाउ

अहिले मेरो घाउ
साथ पाएर तिम्रो घाउको
खुसीमा लहलह छ

एक्लो घाउलाई पनि
जोडी चाहिने रहेछ ।

15 comments:

  1. अहिले मेरो घाउ
    साथ पाएर तिम्रो घाउको
    खुसीमा लहलह छ

    यही नै तपाईंको कविता "योगफल" को महसुस गरेँ धाइवा जी ... छोटो र सुन्दर सिर्जनाको लागि धन्यवाद !

    ReplyDelete
  2. धाइबा जी, निकै राम्रो कविता टाँस्नुभएछ । मेरो मन छोयो । घाउलाई नलाएकै बेस हुन्छ होला नभए चराउन थाल्छ । आफ्नो घाउलाई सानो ठान्ने तपाईको त्यागलाई सलाम छ है ।

    अहिले मेरो घाउ
    साथ पाएर तिम्रो घाउको
    खुसीमा लहलह छ

    यो पंक्ति चाहिँ मलाई पनि मन पर्‍यो है ।

    ब्लगर भेटघाट अनि साहित्यिक गफगाफ

    ReplyDelete
  3. वाह!! साह्रै राम्रो लाग्यो!

    ReplyDelete
  4. छोटो-मिठो-सटीक! एउटा उत्कृष्ट कविता! उता फेसबुकमा पहिला पढियो। यहाँ फेरि पढ्दा पनि मिठास उस्तै!

    ReplyDelete
  5. घाउको यो एकल राजमा
    तिमीले थपी दियौ अर्को घाउ


    मिठो छ धाइबाजी, कविता !

    ReplyDelete
  6. घाऊलाई जोडी त जरूर चाहिन्छ | एक्लै त घाऊ पनि राम्रो दुख्दैन , सही कुरा | राम्रो कविता !
    घाऊ भएपछि त दुख्न पनि रहर पुग्दो दुखोस न हैन ?

    ReplyDelete
  7. हो नि जे लाई पनि जोडि नै चाहिने ! घाउ पनि खुसी हुँने अर्को घाउको साथ पाएर । कुरो गहिरो छ है, सटिक साह्रै सटिक ।

    ReplyDelete
  8. Fantastic... यो हो नि पारा !! धेरै मनपर्यो हजूर । घाउको कुरा रोएरै गाउनुपर्छ भन्ने के छ र ? नाच्दै गाउँदा घाउ त सोत्तर हुन सक्ला कि !!

    ReplyDelete
  9. JOtare g, tapai sabaikura hernu hunchah radif takluf kafiyaa tapai kina aafno blog maa yi sabai kaha use hunchhan example maa dekhaunuhos na tara coment maa radif milena takluf milena kafiya dohoriyo yo ta gadaha ko deshma gaandhaa tanneri bhae jasto bhaena ra? ki aafule sabai lai explain garda tyasko exmaple dina saknu paryo natra musumundre tarikale aafu hero bannu ta bhaena ni ki kaso blogger sathi ho? kinaki uhako jatatatai coment herchhu ani uhako blog pani tara malai manai ma gayena uha hero ta banna khojnu bhayo tara bina skill ko hero ...
    maile yo coment jaba asha gko blog here ani kehi tapailai pani lekhna man laagyo ra lekheko anyatha nasochnuhola yadi tapai maa tyo talent chha bhane yo tapaiko lagi chunauti ho....
    keep it on your mind.


    Aryan Bastola
    Belgium

    November 3, 2009 7:27 PM

    ReplyDelete
  10. कवितामा प्रतिकृया दिने सबै मनहरूलाई आभार ! खासमा लामो समयसम्म कविता लेख्न बिसाएर केही समययता फेरि लेखनलाई गति दिने क्रममा यस्तो कविता लेखियो । मलाई यो लेखाइ अलि बेग्लै लागेको थियो लेख्दा, रुचाउनुभयो, खुसी लाग्यो ।

    अब म आर्यनजीको टिप्पणीमा आउँछु । चुनौतीको नाम दिनुभएको छ, यो चुनौती मलाई साह्रै मन पर्‍यो । खासमा मलाई मन पर्ने कुरा नै यही हो ।
    रह्यो कुरो जान्ने पल्टिएर हिरो बन्न खोजेको भन्ने आशयको आक्षेप लगाउनुभएको छ मलाई । म कुनै हिरो मान्छे होइन, म सडकबाटै उठेर संघर्ष गर्दै आफैँ उठेर यहाँसम्मन आइपुगेको मान्छे हुँ । देखेको-भोगेको कुरा जे छ, लेख्छु । अरुको पनि पढ्छु, र पाठकीय अनुभूतिमा जे पाउँछु, जति जानेको छु, त्यसैअनुसार प्रतिकृया दिन्छु । लेख्ने मान्छेलाई केही झस्काइ होला, सचेतना होला भन्ने शुभेच्छाले नै टिप्पणी लेख्छु । र पूरापूर पढेरै केही भन्न मन पराउँछु । यसरी मनले अराएको कुरो लेख्दा हिरो भएको देखिन्छ भने त म के गरूँ । तपाईंकै हेराइ र बुझाई हो त्यो । र बिना सीपको हिरो देख्नुहुन्छ भने तपाईंको लागि म त्यही नै हुँ । तपाईंको ग्रहणशीलता र दृष्‍टिकोण हो । म त आम पाठकको स्तरबाट बोल्छु । पाठक भएर बोल्नु हिरो पल्टिनु होइन होला पक्कै, पाठक पङ्गु हुन्छ भन्ने पनि स्विकार्दिनँ म । पाठकभित्र एउटा हलचल हुन्छ पढेपछिको ।

    मैले गजलमा काफिया , रदिफ र तखल्लुस मिलेन भनेर अरुको रचनामा भने पनि आफ्नो ब्लगमा त्यो उदाहरण देखाउनुस् भन्नुभएको छ । र के स्पष्ट परू भने आर्यनजी, म गजल लेख्न जान्दछु, पाठकीय समीक्षा गर्छु, तर समालोचना गर्न जान्दिनँ । गजल यसरी लेख्नुपर्छ, यो य्स्तो गजल मीठो हुन्छ भनेर बुझ्ने र गजल लेख्ने मान्छेले गजल लेखनबारे बेलिबिस्तार लगैराख्नुपर्छ जस्तो मलाई लाग्दैन । तपाईं मेरो ब्लगमा भएका गजल पढ्नुस्, त्यसपछि मलाई प्रश्न गर्नुस्- 'आफैँ ठुलो कुरो गर्ने, आफ्नो गजलमा भने यो बेहाल ?' भनेर । तर मेरो गजल सबै कुराले परिपूर्ण छ मैले भन्न खोजेको होइन, मैले पनि धेरै कुरा सिक्दैछु गजलमा । तर नजानीकन मैले लेखेको छैन ।
    बुझेरै लेखेको छु । त्यही बुझाईलाई अंश-अंशमा साथीहरुलाई प्रतिकृयामार्फत जनाउन खोज्छु ।

    यति मात्र ।

    ReplyDelete
  11. Aryan bastolaNovember 05, 2009

    yadi timilaai sabai kuraako thaha bhae dekhi timro blog maa niyam haru haalne koshis gara, so timilaai wah dhaiba le garyo bhanera bhan6an, natra bahira khokdai maa kehi hune waala chahina ma herchhu sabaimaa coment chahi dine, upahas garne tara niyam nabataune yasta musumundreko coment, faaida chhaina| ma jahile pani tyastaa byakti ko kadar garchhu jastai BASANTA GAUTAM sir uha respectable person hunuhunchha uha dherai lai acknowledge dinu hunchha tapai pani tyastai banne koshis garnuhos ani sabaile wah dhaiba wah bhanchha, ma pani respect garne chhu, yadi yastai musumundre chaal bhae ta ma kasailai respect gardina ma aba sabai blog check garchhu ani ko kati ke garchah sabilai ma herchhu.

    Aryan Bastola

    ReplyDelete
  12. Aryan bastolaNovember 05, 2009

    This comment has been removed by a blog administrator.

    ReplyDelete
  13. आर्यन जी, धन्यवाद तपाईंको यत्तिको खुलस्त प्रतिकृयाको लागि । मलाई पनि तपाईंकै स्तरबाट कुरा गर्न सजिलो भयो ।

    मलाई सबै कुरा थाहा हुने सम्भव पनि छैन, र
    त्यसको घमण्ड र वाहवाही लुट्ने लालसा पनि छैन ।
    तर गजलबारे जानकारी राख्दछु । र त्यो जानकारी फ्लाक्दै हिंड्ने भन्दा पनि आफूले गजल लेख्नमा उपयोग गर्छु । त्यो जानकारीलाई कसैको रचनामा कमेन्ट गर्नमा पनि खर्च गर्छु, उपहास कसैको गरेको छैन मैले । कसैलाई बिझेको भए माफ पाऊँ ।
    कसैले मेरो गजल हेरेर त्यसको मापन र आकलन गर्न सक्छ । दुर्बल छ भने खुट्याउन पनि सक्छ ।

    रह्यो कुरा नियम आफ्नो ब्लगमा लेख भनेर तपाईंले भन्नुभएको कुरा, म नियम लेख्ने मान्छे होइन, समालोचनाको धेरै किताब छन् गजलबारे लेखिएका । गजलको बारेमा लेख्नु मेरो चाहनाको कुरा हो, कुनै दिन ब्लगमा लेख्न पनि सक्छु, यसै गरी कहिल्यै नलेख्न पनि सक्छु ।
    गजल भने लेखिरहन्छु । गजल लेख्ने मान्छेले, कतै प्रतिकृया दिने मान्छेले गजलबारे लेख्नैपर्छ भन्ने मलाई लाग्दैन । यसलाई तपाईंले मलाई गजलबारे नबुझेर नलेखेको भन्ठान्नुहुन्छ या त अरु नै तपाईंकै सोचको कुरा हो ।
    र मैले कतै कमेन्ट गरेर उपहास गरेको जस्तो मलाई लाग्दैन । परिचय लुकएर
    तपाईं नै आउनुभएको छ, कतै तपाईंकै रचनामा कमेन्ट गर्दा उपहास भएको लाग्यो कि, त्यो तपाईं जान्नुस् ।
    तपाईं सबैको ब्लग जाँच्छु अबदेखि भन्नुहुन्छ, तपाईंले खोक्दै हुनुहुन्छ कि मैले खोक्दैछु, त्यो तपाईं आफ्नो कमेन्ट ऐनामा राखेर हेर्नुस् । मलाई तपाईं जस्तो पाठकको आँखामा 'वाह धाइबा' भनेर चम्किनु छैन । जुन पाठकको कुनै स्तर र सोमत छैन, त्यो त खासमा पाठक नै होइन । र तिनको सामु मलाई मेरो उचाइ बढाउनु छैन । भलै, मेरो कुनै उचाइ नहोस्, भर्खर लेख्दैछु, केही गर्दैछु, धेरै गर्न बाँकी छ मैले । मुसमुन्द्रे भन्नुभएको छ मलाई ;) मुसमुन्द्रे को हो, कसले खोक्दैछ, एकचोटि आफ्नै स्तर हेर्नुस् मित्र ।
    तपाईंले मलाई सम्मान भाव दर्शाउनु पर्दैन, तपाईं जस्तो सामान्य कुराकानी नै गर्न नजान्ने गालीवाचकको सम्मान पाएर त मलाई वाकवाकी नै हुनेछ ।
    र मैले कसैकोमा कमेन्ट गर्दा एकदम राम्रो भन्नुपर्थ्यो होला बोक्रे बोली झिकेर, त्यसो नगरी सुझावको बोली बोल्दा म ठूलो पल्टिएको देखिएँ होला । सुझावको शैलीमा मैले कमेन्ट लेखे पनि तपाईंले यसरी मेरो ब्लगमा कमेन्ट लेखेको शैलीमा त मैले कतै लेखेको छैन । आफूलाई जोख्नुस् अनि चुनौती दिन आउनुस्, तपाईंको भोक सबै मेटाउनेछु । तर तपाईं जस्तै आलु मान्छेको लागि फुइँ देखाउन भने म लेख्दिनँ । तपाईं जस्ताको लागि मेरो शब्द बोल्न तयार छैन ।

    ReplyDelete
  14. Aryan BastolaNovember 12, 2009

    somat kaa kuraa tasaayad timilaai matra thaha chha hola kinaki tyo ta malai dekhaai diyau khusi lagyo ra ra ma aalu bhae tyo pani khusi lagyo tara arulaai aalu banauda banaudai katai timi nai po aalu hune hau ki? dherai thulo ghamandi huna pani naramro kura ho medimaa aaune ko lagi timi mediama chhau ani aafno standared samhalne koshis gara sidhai nepal kaa mantri jhai murkha banne koshis nagara, ra timi maathi jana khojne euta manchhe hau tara bichai maa dherai fuiki nahaka fuiki haknu bhanda pahile aafno star laai majale bijaropan gara ani matra fuiki haaka malai aalu bhanayu bholi arko le safai magla tyaslaai pani aalu bhanlaau parsi arko le safai magla tyaslaai pani aalu somat keke bhanlau tara timro vallu ni ta kata? maile socheko the udayapure ko nam rakhcha bhanera tara sidhai mahakabi banera duniyalai aalu bhanda yo dherai nai dukhako kura sirjana gari diyo yo jotare le malai aru bhadna ni ma ta aalu nai hu manchhe tara ma bhanda maha thulo aalu dekha paryo rammoram jo manchhe alikati kuro sahan nasaki waa aafno galtilai naswikari mathi badhchha tyo maha thulo aalu ho.
    ra sampurna website ki blaga slag chalaune mitraharu ali dhayn diera Jotare jasto malai kasaile dekheko chaina bhanera thulo napaltinu hola. yo mero anurodh tapaiko karyalai kasaile niyali rakheko hunchha sayad tyasko value aalu hos 100 aakhir tyo pani manchhe ho Donkey shit Mantri jasto fulinu pardaina.

    ReplyDelete
  15. धाउहरुको जोडी !!! बेदना, पीडाको जोडी साच्चै चाहिने नै रहेछ कि क्याहो है धाईबाजी । साह्रै चित्त बुझ्यो कबिताबाट।
    धेरै धेरै धन्वाद है।

    ReplyDelete