February 27, 2010

बेस्सरी लजाउनेछिन्

ब उनी बिस्तारै आउनेछिन्
अनि बेस्सरी लजाउनेछिन् ।

सोध्नै पर्दैन के छ र कसो छ,

हतारिँदै सबै बताउनेछिन् ।

उनी खासमा त साइतकी घडा हुन्,

यो उत्सवलाई सजाउनेछिन् ।

चाहिन्न गमला र फूलबारी,

उनी आफैँ मगमगाउनेछिन् ।

थाहा पाउनेछु उनी आएको,

सुस्तरी यो मुटु चलाउनेछिन् ।

9 comments:

  1. वाह कवी जी क्या बात छ ।
    शब्द शब्दमा मात छ,
    प्रेमको स्पस्ट सुमधुर खात छ ।
    वाह कवी जी क्या बात छ ।

    ReplyDelete
  2. वाह कवी जी क्या बात छ ।
    शब्द शब्दमा मात छ,
    प्रेमको स्पस्ट सुमधुर खात छ ।
    वाह कवी जी क्या बात छ ।

    ReplyDelete
  3. क्याफे मंगलम - मा पहिला सिर्जना को कुरा भन्दा अर्कै कुरा गरे है धाइबा जी ! यो अहिले को भन्दा त पहिले को टेम्प्लेटहरु नै ठिक थिए र राम्रा पनि ! (मैले आफ्नो मन को कुरा मात्र गरेको हु है - हुन् त तपाइको आफ्नो चोइस हो ! )

    वाह !गजल मा आशा र मायाका कुराहरु उठाउनु भएको रहेछ - जुन जीवनका उन्नति कुराहरु हुन्न ... कति सरल तरिकाले उत्साह र उमंग जगाउनु भएको छ !

    ReplyDelete
  4. वाह! वाह! प्रेमभावलाई साह्रै सुन्दर ढंगले पस्किनुभएको छ! एक से एक शेरहरु छन्।

    अब उनी बिस्तारै आउनेछिन्
    अनि बेस्सरी लजाउनेछिन् ।

    सोध्नै पर्दैन के छ र कसो छ,
    हतारिँदै सबै बताउनेछिन् ।

    उनी खासमा त साइतकी घडा हुन्,
    यो उत्सवलाई सजाउनेछिन् ।

    चाहिन्न गमला र फूलबारी,
    उनी आफैँ मगमगाउनेछिन् ।

    थाहा पाउनेछु उनी आएको,
    सुस्तरी यो मुटु चलाउनेछिन् ।

    वाह! वाह!!

    ReplyDelete
  5. हुन त सबैको आ-आफ्नै 'रस'को कुरा हो, मलाई भने सबै शेर अब्बल लागे पनि यो शेर भने एक लाखको लाग्यो:

    चाहिन्न गमला र फूलबारी,
    उनी आफैँ मगमगाउनेछिन् ।


    साँच्चै, यो 'सुगन्ध'को बोध भने चिन्तन वा भावले मात्रै हैन आफैं प्रेममा परेपछि मात्रै हुन्छ भन्ने सुनेको थिएँ है मैले :)

    ReplyDelete
  6. धाइबा जी तपाईंको गजल अत्यन्तै मिठो र रसिलो लाग्यो। शायद समयको ब्यस्तताले होला अलि-ढिला भएका तर पनि आशा छ धेरै मिठा मिठा रचनाहरु यसरी नै ब्लगमा हेरिरहन पाउने छु।

    ReplyDelete
  7. Wonderful expression and feeling towards the beloved.....
    Really she must be like what you have described here....
    Simple yet lovable....
    Sunsan....yet cherishable....
    Loved your feelings towards your beloved...!!

    ReplyDelete
  8. बेजोड झनझनाहट भरिएको रचना ! निकै रंगीन लाग्यो |

    ReplyDelete
  9. धाइबा जि यो गजललाई संगीतबध्द गर्न पाये कस्तो होला ?

    ReplyDelete