May 3, 2010

‘सरकार-बनाऊँ’ आमहडतालका झल्काहरू

“के गर्न आउनुभएको यहाँ ?”
संवाददाताको प्रश्‍नमा छिनभर टोलाए जुलुसमा बत्तिएका एक अधबैंसे । लगत्तै भने उनले सोझो लबजमा, "सप्‍ताहमा आएको, माओवादीको सप्‍ताहमा ।" के माग हो तपाईँहरूको भन्ने अर्को प्रश्‍नको जवाफमा उनले ‘गाँस, बास र टन्न खान दिनुपर्ने सरकारले’ भन्ने झोपडीको कहानी पोखे । माओवादीको आमहडताल आइतबारदेखि सुरु भइरहँदा देशका विभिन्न गाउँदेखि सोहोरिएर आएका उनी जस्ता गाउँलेले आन्दोलनकारी पार्टीको पेटबोलीमा रहेको माग नबुझ्नु अर्कै कुरा हो । तर सरकार फेर्ने आन्दोलनको चाबी घुमाउनमा उचालिएका माओवादी कुनै पनि हालतमा त्यो चाबीले आफ्नो सत्ताको ताल्चा खोलेरै छाड्ने ध्याउन्नमा छ ।

आमहडतालको प्रभाव देशका सबैजसो सहरमा कडिकडाउ रूपमा देखिएको छ । समष्टिगत रूपमा परिवर्तनको लागि यो आन्दोलन हुन्थ्यो भने सडकमै नउत्रिनेहरूले पनि सहानुभूतिसम्म राख्‍ने थिए । तर आन्दोलनको नियत सत्ताको बाकसमा सीमित छ प्रस्टै रूपमा । मुठीमै जकड्याउने सोच छ सबै कुरा । त्यही भएर कति-कति आन्दोलन कुन-कुन नाममा देश र जनताले थेग्ने भनेर आजित छन् अधिकांश । पार्टीगत स्वार्थमा भीडको बहकाउले देशमा कस्तो नजीर बस्ला भन्ने चिन्ता छाएको छ ।

आमहडतालको पहिलो दिन काठमाडौँको सडक परिभ्रमणको क्रममा टहलिँदै जाँदा जे-जे देखियो, त्यसैलाई यहाँ सचित्र पेस गर्ने जमर्को गरेको छु ।

1 अवरुद्ध ! : नयाँ वानेश्‍वरको सभाको लागि सडक जाम गरेर बसेका माओवादी कार्यकर्ता


6 सवारी नचल्दा निरुपाय भएपछि चावहिलमा गन्तव्यतर्फ लम्किँदै गरेका दम्पती


5 नयाँ वानेश्‍वरको सभामा बोल्दै फिल्म निर्देशक दीपक श्रेष्‍ठ


4 एयरपोर्टसम्म त जसोतसो आएँ :  गौशालामा सामान घिस्याउँदै यात्रु


3 आमहडताल कायम रहँदै चेपोमा खुलेको पसलमा सामान किन्नेहरूको लाइन


7‘पेन्डुलम’ पारिएको संविधानसभाको भवनलाई पहरेदारी गर्दै सुरक्षाकर्मीहरू


2मेरै राज : नक्सालको रित्तो सडकमा बेलुकीपख टहलिँदै कुकुर

3 comments:

  1. गज्जब छ, ठाडै सत्ताको लागि भनेर पनि आन्दोलन गरिदोँ रहेछ ! विना शरम विना लाज ।

    अन्तिम फोटो दामि छ, अब राज यस्तैको होला सायद !

    ReplyDelete
  2. मुखमा परेको गासलाई मिल्काएर फेरी त्यही गास खोज्न सडक तताउनेहरुको चर्तिकला अनौठो छ बा !
    सचित्र प्रस्तुतिको लागि धन्यबाद धाइवा जी

    ReplyDelete
  3. न आक्रोश न खुसी । यस्तै दैनिकी बनेको मुलुकमा पाहुना भएर आम हड्ताल हेरें मैलेपनि । तर यसरी कथा टिप्दै हिंड्न भने सकिंन मैले । ढिलो हेरें तस्विरहरु तर देखेको जस्तै देखें ।

    ReplyDelete