August 11, 2010

लोकगीत


हरमा, सुन्छु - 
खानतलासीमा शङ्कास्पद वस्तु भेटियो रे
पड्कियो रे शक्तिशाली बम 

सबैभन्दा दिगो र खतरनाक बम त
यही पेट हो सरकार !
यसको रोकथाम गर्न 
आउँछ कुन बम डिस्पोजल टोली ?

कतै डेरिडाको विनिर्माणको बौद्धिक चिन्तन
कतै वात्स्यायनको कामसूत्रको मन्थन
यो सहरमा
आलु-प्याजसँगै पाक्छ 
हल्लाको नरम तामा,
गिज्याउँछन् हामीलाई
नतिखारिएका स्तन जस्ता
सम्पदा भनिने
बासी गौरवका चुचुराहरूले

यत्ति छ सपना-
चपाइँदै-चपाइँदै बिलाउने
पुष्टकारी नै भएर 
हराउनेछन् यहाँका
सबैभन्दा चाम्रा मान्छे पनि
र 
मुखको तातो फिँज जस्तै
हामी चुहिनेछौँ तपक्क
आँसुका लेउ छोप्दै 
जुगौँ गुडुल्किएको जीवन बगाउँदै ।

5 comments:

  1. लोकगीत, लोकको यथार्थ !

    ReplyDelete
  2. शीर्षक लोकगित हुने वित्तिकै आजकाल चलेको 'दोहोरी' पो हो कि भन्ने सोच्दै थिँए तर वास्तव मा लोक गित नै रहेछ ।

    यत्ति छ सपना-
    चपाइँदै-चपाइँदै बिलाउने
    पुष्टकारी नै भएर
    हराउनेछन् यहाँका
    सबैभन्दा चाम्रा मान्छे पनि

    मुखको तातो फिँज जस्तै
    हामी चुहिनेछौँ तपक्क
    आँसुका लेउ छोप्दै
    जुगौँ गुडुल्किएको जीवन बगाउँदै ।

    ReplyDelete
  3. "सहरमा, सुन्छु -
    खानतलासीमा शङ्कास्पद वस्तु भेटियो रे
    पड्कियो रे शक्तिशाली बम

    सबैभन्दा दिगो र खतरनाक बम त
    यही पेट हो सरकार !"
    यी शब्द निकै उत्कृष्ठ लागे ........
    पन्थी दाइ ले भन्नु भए जस्तै "लोकगीत, लोकको यथार्थ !" नै रहेछ !

    ReplyDelete
  4. तपाइजस्तै……

    जीवन छ शब्दमा
    रातको कथा
    दिनको अनि मध्यान्ह पनि
    भोक निद्रा र थकान बोलेको छ
    झ्याल नभएको निस्सासिदो एउटा कोठा
    थोत्रो स्टोभको गन्हाउने मट्टितेल
    अनि चिसो सिमेन्टमा लपक्कै टाँसिएको
    एकोहोरो खोकी
    त्यो महलको एक फेर तान्दै
    कविताले समग्रमा शहर छोएको छ

    ReplyDelete
  5. Jiwan bagaudai....

    Sabda ko chayan ani jun feelings le sabda sabda badhnu huncha...tyo nai malai sabai bhanda priye lagcha...tesle uthaune taranga maan ma nai sabai bhanda priye lagcha malai

    :)

    ReplyDelete