September 16, 2010

भाग्य भरोसा

खबारको राशिफलमा भविष्य खोज्ने आँखाहरू थकाइ मान्दैनन् । सिमाना नाघेर परदेशसम्मको सपना समेट्ने युवा पुस्ता देशभित्र उपायविहीनताको अवस्थामा भाग्यकै सहारा लिने दशा भोग्नेरहेछन् । भाग्यको भरोसामा रहनुपर्ने परिस्थिति कसरी सिर्जना हुँदो हो भने, गरेका काम पूरा नहुने र सोचेको उद्देश्य पार नलाग्ने प्रतिकूल वातावरणले जब घेर्छ । मुलुकको पछिल्लो कालखण्ड खासमा लगभग त्यस्तै छ । केही काममा प्रयास गर्‍यो, त्यसलाई पार लगाउन उपयुक्त वातावरण हुँदैन । गरी खान पाउनुपर्ने आधारभूत अधिकारबाट पनि वञ्चित छन् नागरिक । धेरै युवाहरू रहरले विदेशिएका होइनन्, स्वदेशमै काम गरेर दुई-चार पैसो आम्दानी गर्ने वातावरण भए को ढुन्मुनिन पुग्दो हो विरानो माटोमा !? विदेश जान नसकी/नचाही यतै रहिरहेकाहरू पनि आफ्नो जीवनको मेलो ठीकसँग अघि नबढ्दा मन बुझाउन भाग्यकै सहारामा लुटपुटिरहेका छन् ।

राजधानीका सडकमा एक दिन टहलिने क्रममा जीवनको यथार्थ रूपबाट ठगिएका र भाग्यको शरणमा जाकिएका त्यस्तै धेरै अनुहारसँग ठोक्किएँ जस्तो लाग्यो । ती अनुहारलाई साथ दिइरहेका ज्योतिषीहरूको लर्को पनि कम थिएन, जो आफैँ पनि बाँच्ने उपक्रममा र भाग्य खोजिदिने बहानामा अन्योलमा रुमल्लिएका देखिन्थ्यो ।

त्यसैमध्येका केही झलकहरू ----

 

1 राहु, केतु र बिहान-बेलुकाको दालभातडुकु !

 

2 कोही त आउला, तर कतिबेला ?

 

3

भाग्य केलाउँदा अलपत्र परेका भाग्यहरू

3 comments:

  1. हैन, यी ज्योतिषहरू पनि किन एकै ठाउँमा लाम लागेर बस्ने रै'छन ! कि एक- अर्काले आफ्नै दिनको भाग्य हेर्छन सुरुमा ?।

    तस्विरहरु हेर्दा रमाइलो लागे पनि भाग्यकै सहारामा बाँच्नु पर्ने नेपाली वाध्यता देख्दा भने उदेक लाग्यो । यी हात र कुण्डली हेर्नेहरु पनि आफ्नै भाग्य अलिक राम्रा भएका भए किन अर्काको भाग्यको सहारामा बाँच्ने जोहो गर्थे होलान र है ?

    ReplyDelete
  2. मनपर्दो विषयमा सरस प्रस्तुति! यस्तै छ हाम्रो देश, यहाँ कसैको भाग्य पनि 'भाग्य' जस्तो छैन तर सबै एक-अर्काको भाग्य पढेर बसिरहेछन्।

    ReplyDelete
  3. आज ग्राहाक आउछन कि आउदैनन भन्ने नै उनीहरुलाई थाहा हुन्न ! अनि कसरि तिनले भविष्य हेर्छन ..... यदि त्यस्तो थाहा भए त उनीहरु आफ्नोमा ग्राहक त्यति नआउने दिन त्यसरी तस्विरमा जस्तो फुर्सदिलो भएर बस्नु नै पर्दैन थियो नि ! घरमै मस्त बसी हाल्थे नि !

    तर भाग्य भरोसा नगर्ने चाही सायदै कम होलान है ! हाम्रो देशमा !

    ReplyDelete