Subscribe:

Ads 468x60px

19 June 2011

नआउनू

Kathmandu
उर्वरा दिन्छु भनेर
जीवनको मेरो बाँझो सडकमा
नराखिदिनू तिमीले आफ्नो पाइला

खलाँतीसँगै खुइय्य सुस्केरा काढ्दै
आरनमा जो बसिरहेछन् माइला कामी
थकाइ मेटाइदिन्छु भनेर
नफैलाउनू वर्षौं पुरानो श्‍वास
बाँझै रहे पनि सडक
म एउटा खेतीमा हुनेछु
थकाइ लागे पनि
हुनेछु कुनै युद्धमा

आउँछन् कोही
नाघेर पर्खालहरू
भत्काएर गजबारहरू
जमाउँछन् दैलो फोरेर आसन
अँ !! तिमी भने
एउटा झिनो सम्झनाको जालो च्यातेर पनि
नआउनू
सम्झनालाई रहन दिनू सम्झना नै
के थाहा, अब फेरि समयको बतासले
नलच्काउन सक्छ हामी दुवैलाई
मानदेवले उडाएको परेवा नचिने पनि
सडकका प्वाँखहरू समेत नबिथोली
तिमी हिंड्नू सुस्तरी
काँटाको आवाज नसुनिए पनि
घडीले समय बताए पुग्दैन र ?
तिमीले त्यसरी अर्जाप्‍नू
आफ्नो जोर पैंताला

जतनले काट्नू बाटो
विलकुल चोटपटक नलाग्ने गरी !

देशको अस्थिपञ्जरलाई तला-तला भर्‍याङ बनाउँदै
प्रगतिको कुमकुम उक्लिने
एकथरी जो हिजो आएथे
तिमी त्यसरी नआउनू
तिमीले जितेर आए पनि
पर्खिने छुइनँ कुनै रंगशालामा ।

><

4 comments:

  1. वाह् ! धाइबाजीका अन्य कबिताहरु झैं यो पनि छोटो तर मिठ्ठो ।

    ........"देशको अस्थिपञ्जरलाई तला-तला भर्‍याङ बनाउँदै
    प्रगतिको कुमकुम उक्लिने
    एकथरी जो हिजो आएथे
    तिमी त्यसरी नआउनू"

    ReplyDelete
  2. niraj bhattaraiJune 19, 2011

    ramro guru..ekdum ramro...tagada kavita...

    ReplyDelete
  3. सशक्त र प्रतीकात्मक शैलीमा लेखिएको यो कविता पनि निकै मन पर्यो |

    ReplyDelete
  4. Ranju LamaJune 21, 2011

    Mannai par6 kasta kasta sabdaka bhandar 6ann. tara hamro desko bastabikta yehi ho.

    ReplyDelete