August 15, 2011

गाईजात्रा : दुई जोडा च्वास्स !!

मंगल ग्रहमा पानीको संकेत भेटियो
पृथ्वीमा चाहिं के लोप हुने हो फेरि
प्लटिङ गरिसकियो यता सबै जमिन,
चन्द्रमातिर भाग लाउने हो कि घडेरी !

समस्या एउटा-दुइटा होइन
गरिबी, विभेद र बेरोजगारी
एक घर एक सभासद् भए
ढुक्कको सामाजिक रखबारी !

तिमी फलाम भए प्रिय,
म चुम्बक भएर नजोडिने कुरै भएन
अर्को ध्रुवको चुम्बक भेटिए
ज्यान त्यतै नमोडिने कुरै भएन ।

कि संविधान कि छोरी देऊ नभन
सभासद्की छोरी झन् मापाकी होली
संविधानसभाको म्याद सारे जस्तै
भन्ली सुहागरात भोलि ! भोलि !!

------------------------------------------------
गाईजात्राको अवसरमा सबैलाई शुभ कामना ।

6 comments:

  1. रमाइलो गाईजात्रे कबिता...तपाइलाई पनि गाईजात्राको शुभकामना..

    ReplyDelete
  2. अहो गाईजात्राको रमाईलो शब्दमा पनि रमाईलो छ । गाईजात्राको हाँसुभकामना!

    ReplyDelete
  3. कि संविधान कि छोरी देऊ नभन
    सभासद्की छोरी झन् मापाकी होली
    संविधानसभाको म्याद सारे जस्तै
    भन्ली सुहागरात भोलि ! भोलि !!

    man paryoo...

    ReplyDelete
  4. दुई जोडी टुक्राहरु नै च्वास्स पार्ने खालका तीखा रहेछन् । तपाईंलाई पनि गाईजात्राको शुभकामना ढिलै भए पनि !

    ReplyDelete
  5. मंगल ग्रहमा पनि पत्ता लगाउने पनि नेपाली !
    एउटा संबिधान पनि लेख्न नसक्ने हुतिहारा पनि नेपाली !!

    ReplyDelete
  6. मंगल ग्रहमा पानी पत्ता लगाउने पनि नेपाली !
    ६०१ जना मिलेर एउटा संबिधान पनि लेख्न नसक्ने हुतिहारा पनि नेपाली !!

    ReplyDelete