August 26, 2011

... फलानोलाई !

आज मेरो माया
छातीको आरनभित्र नअटाएर
खोइ कहाँ पो फाल हानेर गयो

पाइन चढाउनु थियो यसमा तिम्रो मायाको
घोट्नु थियो चकमक जस्तै
आफ्नो एक थान सादा कलेजी
देशको सपना र सुस्केरादेखि बेखबर
बेपत्ता नागरिक झैं,
नदेखिने ईश्वर र गुपचुप तस्कर झैं
यस्तो ऐजन ऐजन भएछ आज माया

तिम्रो आँखामा डुब्यो भनूँ त
त्यहाँ
कचौरा-कचौरा
खडेरी छ


अलि माथि
त्यो केशराशिमा अल्झिराखेको सम्झूँ त
सपाट सिउँदोको वारपार सडक छ

बसाइ सर्दै
तिम्रो दैलोसामु आएको मानूँ त
त्यो मुटुको गुलाबी चौबन्दीमा
गाँठोहरू छन्

आज मेरो माया
यो मुटुको हारमोनियम भत्काएर
कुन सुर खोज्न गयो ?

जानुअघि मेरो मायाले
तिमीसँग आपतकालीन बैठक गरेन
माया आत्मनिर्भर भएर गयो
गजब भयो !

8 comments:

  1. कति मिठो अफसोस!

    ReplyDelete
  2. आज मेरो माया
    यो मुटुको हारमोनियम भत्काएर
    कुन सुर खोज्न गयो ?

    मेरो मायाले नपुगेर धनको
    कुन दुनिया खोज्न गयो ?

    सागर सरि मेरो चोखो माया लत्याएर
    धनले भरिएको कुन अशुद्ध माया खोज्न गयो ??

    ReplyDelete
  3. Niraj BhattaraiAugust 28, 2011

    mitho guru..........

    ReplyDelete
  4. आज मेरो माया
    यो मुटुको हारमोनियम भत्काएर
    कुन सुर खोज्न गयो ?....

    ए बा ! के लेख्या यस्तो? गजब छ गजब! विम्ब अलिक धेर भो कि भन्ने लाग्यो तर गजब छ ।

    ReplyDelete
  5. बेपत्ता नागरिक झैं,
    नदेखिने ईश्वर र गुपचुप तस्कर झैं
    मेरो जवानी खेर गएछ ।

    ReplyDelete
  6. जानुअघि मेरो मायाले
    तिमीसँग आपतकालीन बैठक गरेन
    माया आत्मनिर्भर भएर गयो
    गजब भयो !
    ...

    गजब छ !!!

    ReplyDelete