September 2, 2011

कम्ता हिंड्नु छैन यो बाटो …

A-boy-on-sunny-day

मखमली गोरेटोलाई
पिस्दै जान्छऽऽऽ
यो घुँडाको टायर

यो बाटोमा
थारुवानको बयलगाडा अँटाउँदैन
लिम्बूवानको टमटम त झन्
उत्तानो टाङ पर्न खोज्छ

टिक्दैन मेरै पैंतालामुनि यो मूल सडक
पचास माना घ्यूमा
तातो डाडु डामे जस्तो हुन्छ

चप्पलको वाहन छ सुरेली खेल्न
पचासौं कोस बुर्कुशी मार्न तयार छु
हिँड् चप्पलबिनै भने पनि
फुटेको पैंतालाभरिको एक पत्र
चप्पल बराबर छ

कम्ता हिंड्नु छैन यो बाटो …
राज्य-राज्य
दैलो-दैलो
मान्छे-मान्छे
सबै-सबैले
नयाँ परिचयको निम्ता दिइरहेछन्

यो डोकोमा
परिवर्तनको डाँक छाँट कसेर लैजानु रे !
सत्ताकुमारीलाई अनैतिक गर्भाधान गराउनेलाई
यो लौरीले
तेर्सैतेर्सो छुलुक्क मुताउँदै लघार्नु रे !

त्यसै बेरोजगार कहाँ हिँडेको छु र
चुनौतीको लोकसेवा आयोगले
थमाएको छ निकै सुहाउँदो पद

अहो हो ऽऽऽ
कम्ता हिंड्नु छैन यो बाटो …

8 comments:

  1. वाह कविज्यु! मानें मैले !

    ReplyDelete
  2. दुखी देशबासीको मर्ममा डुबुल्की मारेको छ यो कविताले |

    ReplyDelete
  3. कम्ता हिंड्नु छैन यो बाटो …

    ReplyDelete
  4. कविता पढ्नुको असली मज्जा चाख्दै छु ..........Really enjoyed Bro !!

    ReplyDelete
  5. यो लेखाईको बान्की अनि घुमाउरो झटारो गज्जव लाग्यो मलाई त!!

    ReplyDelete
  6. चप्पलको वाहन छ सुरेली खेल्न
    पचासौं कोस बुर्कुशी मार्न तयार छु

    ReplyDelete
  7. छोयो छुन सम्म

    ReplyDelete