November 12, 2011

मधुमास

लामो समयपछि ब्लगमा झुल्किँदैछु । रहर लाग्दालाग्दै, मन-मगजमा कुरा खेल्दाखेल्दै लेख्‍न नसक्नु/नपाउनु बडो पीडादायक हुन्छ । सचेत प्राणी भएको नाताले मानव मन-मस्तिष्कले सधैं केही न केही भावना र विचारको गर्भाधान गरिरहेको हुन्छ । त्यस्ता भावना-विचारले निकास पाएन भने प्रसव पीडाले रन्थनी छुट्छ र मानसिक दुर्घटनाबाट गुज्रिनुपर्छ ।

 

यस हिसाबमा हामी भावना र विचारको गर्भ बोकेर एउटा-एउटा निकास (चाहे त्यो सामान्य र नियमित काम होस् कि गतिलो सिर्जना) को दौडमा आजीवन लम्किरहन्छौं  । यसर्थ हाम्रो यो यात्रा मधुमास नै हो । तर यहाँनेर मैले मानवीय मधुमासको कुरो गर्न लागेको होइन । हरेक प्राणीको मधुमास हुन्छ, मधुमासकै बगैंचामा तिनको अस्तित्त्वको कोपिला लाग्छ र फुल्छ । हालै गृहजिल्ला उदयपुर जाँदा प्रकृतिको काखमा यस्तै मधुमासको शीतल ओढिरहेका फट्याङ्ग्रा जोडीहरूसँग जम्काभेट भयो । खेतभरि पहेंलपुर धान झुलेको समय, कतै धान काट्न खेताला लागेका छन् । कतै भने धानको बोझ घरमा थान्को लगाउने चटारो छ । धानखेत नियाल्दै हिंडिरहँदा आलीभरि फट्याङ्ग्राको जुलुस कुनै उत्सव मनाए झैं उफ्रिन्छ ।

तस्बिरमार्फत तिनको गोपनीयता मैले यहाँ भंग गरें, पाप नलागोस् Smile । फट्याङ्ग्राको मधुमासको तस्बिर हेर्न भित्र आउनुस् -

तस्बिर ठूलो पारेर हेर्न तस्बिरमै क्लिक गर्नुहोला ।

Ft1

 

Ft2

6 comments:

  1. Ha ha ... very nice Thaiba Ji !

    ReplyDelete
  2. को आयो डिस्टर्व गर्न भनेर रिसाएछको जस्तो छ फट्याङ्ग्रो...:P मन छोयो मेरो ।

    ReplyDelete
  3. फट्याङ्राधिकार हनन् भ'को त हैन नि !! " :))

    ......धेरैले बेवास्ता गर्ने साना र सुक्ष्म कुराहरु पनि चाखलाग्दो गरी पस्कने धाइबाको बिशेषता नै हो।

    ReplyDelete
  4. मधुमास को एक उत्कृष्ट नमुना प्रस्तुत गर्नु भयको मा धन्यवाद

    ReplyDelete
  5. पहिलो तस्वीरमा भट्मासलाई पो फट्याङ्ग्रा सम्झिरा'को एकछिन त मैले । विरानो हुँदै ग'का आली कान्ला फट्याङ्ग्रा सम्झाईदिनुभयो । फट्याङ्ग्राले आशिक दिउन तपाईंलाई ।

    ReplyDelete
  6. मधुमास वास्तवमै नौलो अनुभुती गर्ने समय हो अब त मङ्सिर पनि लाग्यो मित्र किरा हरु मात्र हैन................

    ReplyDelete