चुरालाई पखेटा बनाउँदै
उडाएँ मैले तिमीतिर
जिन्दगी जस्तै प्यारो हात
बोकेर ल्याएँ
कहिल्यै सन्नाटा नछाउने घर
आफैंलाई सौगात बनाएर सुम्पिएँ,
तिमीले दियौ
एउटा पलङ
पलङको आधा हिस्सा
र दस्तखत चलाएर सग्लो मेरो आङमा
दियौ बलात्कारलाई संस्थागत स्वरूप ।
Beli (बेली) : Shruti Sambeg [Story] #Podcast
18 hours ago



सम्बन्धलाई अलग अलग कोणबाट अलग अलग आँखाले हेर्न सकिने है? खैर यो भै परि आएको अवस्थामा कवितामा तिखो उनिएको छ ।
ReplyDeleteआम वैवाहिक जीवनलाई यो आरोपित गरेको होइन । जीवनसाथीलाई माया दिने सूचीभित्र प्रकृतिको त्यो उपहार पनि पर्छ । तर कतिपयले त्यो सौगातलाई विष बनाउने गर्छन् गृहस्थमा । यसैको एक झलक हो यो कविता ।
Deleteतिख्खर...सँधै त यस्तो नहोला ।
ReplyDeleteपढ्दै जाँदा सानो कविताले नै मनका सबै भाव एक्कैचोटि तरङ्गीत गर्यो । लेख्न चाहीँ केही नलेखौँ क्यार ( यही लेखि सकेँ फेरि :)
ReplyDelete