March 3, 2012

तरबार र धार

पर्यटक जस्तो बादल !
कुनै नेपाली कविले उपमा दिए झैं आकाशको सीमाहीन देशमा बादलको मनमौजी वहकाव पर्यटकीय उडानभन्दा कम इर्ष्यालाग्दो हुँदैन । घरि सलाइको काँटी जस्तै छरिएर बिलाउँछ,  घरि अमिवाको अवतार लिंदै झोल्लिएर तन्किन्छ ।

केही समयअघि काठमाडौंछउकै सेतो गुम्बा जाँदा बादलको त्यस्तै बथानले टाउकोभरि थिच्यो । कस्तो भने, घरैघरको सिउरले आकाश छोपिने काठमाडौंदेखि छलिएर डाँडातिर पुग्दा आकाशको बाथटबमा चोबलिएको नाङ्गो नौजवान जस्तो भएर फनफनाएको देखियो बादल ।  त्यही रुपाकृतिको केही झलक हेरौं :

Cloud



Cloud1तरबार उध्याए जस्तै छैन त ?


Cloud2अझ चम्किलो धार !

3 comments:

  1. त्यसरी नै बहकिन मन लाग्छ कहिलेकाहिँ - बादल बनाईदेउ आकार बदल्न सकुँ .....

    ReplyDelete
  2. देख्ने र हेर्ने आँखै रैछ फरक, अनी त्यसैलाई कलाकारिक सोचले छायांछवीमा उतार्दा यस्तो देखिने रहेछ भन्ने बुझियो। साह्रै राम्रा छन् बादल र तपाईंको सोचको मिश्रण।

    ReplyDelete
  3. शब्द-दृष्यको अध्भुत समिस्रण देख्न पाउँछु म सँधै । हेरिरौँ जस्तो पढिरौँ जस्तो....:-)

    ReplyDelete