August 15, 2012

चोट-यात्रा


जिन्दगीको दोसाँधमा रहेकी ओ बाला,

सेयर हालेका छौं हामी दुईले यो पृथ्वीमा

जस्तो कि -
जति भ्वाङ परेको छ त्यो छातीमा
सराबरी भ्वाङ छ यो छातीमा पनि

आह् ! दुइटा भ्वाङ
मानौं कसैले गह्रौं-गह्रौं दुई पाइला
चालेको होस् भर्खरै ...


1 comment:

  1. मनको तालतलभित्र खोपिएका यादका अदृश्य डोबहरू...........

    Nice poem.

    Riminded the line............. चोट बराबर लाग्यो दाउ एउटै भएर हो कि ...

    ReplyDelete