January 21, 2013

सिंहदरबार संग्रहालय

CC-Camera_Singha-Durbar
सिंहदरबार  दरबार कम र सिंह बढी जस्तो
तर्साउँछ बारम्बार
सीसी क्यामेराको बन्दुक तेर्स्याउँछ  
हरेक अनुहारमा अपराधी खोज्छ -
ओइ फल्ना-फल्नी, तिमीमाथि मेरो निगरानी छ !!

आफू जस्तै संशकित साथी  खोज्दै फगत हेरिरहन्छ
कहिले सालिकको आँखाले हेर्छ
कहिले मालिकको आँखाले हेर्छ
बुझ्छ, बुझपचाउँछ

हामीलाई हेर्न 
हामीले नै हो उसलाई आफ्ना आँखा दान गरेका

अब यतिबेला आएर कसरी भन्नु उसलाई -
हामीले पनि तिमीलाई हेरिरहेका छौं
खास हेर्नुपर्ने त तिमी रहेछौ नि

एक दिन भीड लाग्नेछ
लोकतन्त्रको प्रयोगशाला सिंहदरबार संग्रहालयमा
जहाँ भेटिनेछ लोकतन्त्रको हाडखोर असरल्ल 

No comments:

Post a Comment