Subscribe:

Ads 468x60px

11 October 2013

दशैं नभए जिन्दगानी …

Happy Dashainकाठमाडौंबाट दशैंका लागि घर जाने सोच बनाउँदै थिएँ, यस्तैमा झ्वाट्ट लाग्यो – यतिबेला  गाउँका साथीहरु ससुराली जाने सोच बनाइरहेका होलान् ।

विदेशमा पनि छन् कतिपय साथीभाइ । तिनको लागि ‘घर : एक सपना’ भए पनि घर-संसारमै रहेर व्यवहारको रकेट चलाइरहेकाहरुका लागि मन फेर्ने लोकेसन ससुराली बन्छ । बिहेअघि चोकमा बारम्बार भेट हुने साथीहरु साइकलमा बुढियालाई पछिल्तिर बोकेर ससुरालीतिर गुडेको दृश्य धेरै पटक देखेको छु । अहिले साइकलको ठाउँ मोटरसाइकलले लियो होला, फरक त्यत्ति ! उनीहरुसँग बसेर एक झमट अनुहार नियाल्न र स्कुले दिनका बदमासी र पाप-पुन्यका लेखाजोखा गर्न नपाएको युग भएछ ।

10 October 2013

भीमसेन स्तम्भ #Dharhara

Bhimsen-Stambha-Dharhara

गाउँघरतिर किसानलाई रासायनिक मलको सधैं अभाव भइरहँदा शहरका प्रमुख चोकमा ‘सपिङ मल’ छाती फुकाएर फस्टाइरहेका छन् ।

मल बिनाका चोकहरु बुच्चा लाग्न थालेका छन् उपभोक्ताहरुलाई । किनमेल संस्कृतिमा ‘नुनदेखि सुनसम्म एकै थलोमा पाइने’ मलको नाराले उनीहरुलाई ललिपप देखाएर बानी पारिसकेको छ ।

एकादेशमा नेपालका शहरमा मल नामका यस्ता भवन थिएनन् । शहरमा घर मासिएर सटर र कवलहरुको लम्बेतान व्यापारिक क्षेत्र बनिरहेको छ । अर्कातिर, यहाँका मानिसको उँचाइको मोह र ध्याउन्न अग्ला सपिङ मलहरुले झल्काइरहेका छन् ।

02 October 2013

केही #TweetKavita

क्याफे कविता नामको समूहले काठमाडौं र बाहिरका जिल्लाहरुमा महिनैपिच्छे कविता कार्यक्रम गर्दै आएको छ, कुनै क्याफेमा कवि र कविताप्रेमीहरु भेला भई कविता सुन्ने-सुनाउने । कार्यक्रमको लाइभ स्ट्रिमिङ हुन्छ र रेकर्ड गरिएका कविताका भिडियोहरु युट्युबमा समेत राखिन्छ । 

समूहले कविताको यस्तो रौनक क्याफेको कुनाका साथै इन्टरनेटका सामाजिक सञ्जालमा पनि जोड्दै आएको छ । यस्तै एक प्रयास हो, ट्वीटरमार्फत कविता कार्यक्रमको आयोजना । #TweetKavita नाममा गरिने यस्तो कार्यक्रममा एक सय ४० अक्षरमा कवि तथा कविताप्रेमीहरुले आफ्ना भावना बाँड्छन् । कार्यक्रम गरिने दिन, समय र अवधि 
ट्वीटरबाटै @CafeKavita मार्फत पहिले नै तोकिन्छ । प्रविधिको प्रयोग गरी कविहरु अक्षर कोरल्दै सिर्जना एक-आपसमा फैलाउँछन् । ट्वीटरको साँघुरो अक्षरसीमामा कविहरु आफ्ना सिर्जनामा 'गागरमा सागर' भर्छन् ।

गत ३० सेप्टेम्बर बेलुकी आयोजित 'ट्वीट कविता'मा मैले लेखेका केही टुक्रा :