Subscribe:

Ads 468x60px

19 March 2014

कम्युनिष्ट

इतिहासले लिपस्टिक पुछेको रातो रुमालमा
साँच्चि के पो राखिएको थियो ? 

खासमा केही थिएन कसैका लागि

न पेट सेकाउने सातु
न आङ तताउने भोटो

साँचेर राखिएको थियो एकुन्टा हँसिया-हथौडा
मुठी उठाउँदै आए एक हुल मान्छे
पिटपाट पारे फलाम

छिनमै तयार भयो नयाँ युगको चन्दा बाकस !

4 comments: