June 4, 2014

Nepal Smiles :-)

हाँसो र खित्का ओठबाट ताछिएर इन्टरनेटको च्याट एप्लिकेसनभित्र ‘स्माइली’ मा खुम्चिएको समय हो यो । आजका मान्छेहरु सायद हाँसोको कुरा बढी गर्छन् र हाँस्छन् चाहिं कम । यस्तो बेलामा म आफूले खिचेका फोटोहरुको अर्काइभ खोतलेर मुस्कान सिरिज तयार पार्दै छु ।

खासगरी पोट्रेट फोटोग्राफीमा रमाउँदै आएको छु । मान्छेका मुहारमा तैरिएको र सिंगो शरीरले बोलिरहेको भाषाको भाव उतार्न निकै मजा लाग्छ । खुसी, पीडा, बेचैनी, विस्मात्, उत्साह लगायतका भाव पोखिरहेका अनुहारले ती मान्छेको जिन्दगीको पछिल्लो कथा भनिरहेको हुन्छ ।

नेपालीहरु सीमित स्रोत-साधन र अभावमा पनि ‘सन्तोकी’ भनेर चिनिन्छन् । दुःखलाई छातीमा सिएर मुस्काइरहेका हुन्छन् । दैनिक १७ सयभन्दा बढी नेपाली युवा विदेशिनुलाई त्यही हाँसोको खोजी मान्नुपर्छ । हामी नेपाली मेकअप बिग्रेला र मुखका कुनामा मुजा बस्ला वा दुख्ला भनेर नहाँसी बस्नेमध्येमा पर्दैनौं । सानै कुराले ओठ खुल्छन्,  आँखा तान्किन्छन् । अस्थिर राजनीतिले मक्किएको देशमा सबै क्षेत्रमा बेथिति-अव्यवस्था भए पनि  हिलोमा फुलेको कमल जस्तै हामी सबथोक सहेर, पचाएर, चित्त बुझाएर बाँचिरहेका छौं । हाँसिरहेका छौं ।
मुस्कान र हाँसो सिरिजका यी तस्बिरलाई यही कुराको सूचक मानौं । विभिन्न समयमा आफ्नो गाउँघरका साथै फरक गाउँठाउँ पुगेका बेला खिचिएका यी तस्बिरहरुमा मुस्कानदेखि खित्कासम्मको आयतन नापिएको छ ।

Nepal-Smiles-1


Nepal-Smiles-14

 

Nepal-Smiles

 

Nepal-Smiles-2

 

Nepal-Smiles-3

 

Nepal-Smiles-13

 

Nepal-Smiles-4

 

Nepal-Smiles-5

 

Nepal-Smiles-6

 

Nepal-Smiles-7

 

Nepal-Smiles-8

 

Nepal-Smiles-9

 

Nepal-Smiles-12

 

Nepal-Smiles-10

 

Nepal-Smiles-11

 

 

Nepal-Smiles-15

 

र अन्त्यमा, यसमा पनि हाँसोको थोपा चुहिएको देखें मैले Smile

Nepal-Smiles-16

5 comments:

  1. हरेक अनुहारमा मुस्कानको बहार , एउटा निस्छल भावना । वाह

    ReplyDelete
  2. "हाँसो र खित्का ओठबाट ताछिएर इन्टरनेटको च्याट एप्लिकेसनभित्र ‘स्माइली’ मा खुम्चिएको समय हो यो ।" घातक लाइन छ सुरुमै ।

    ReplyDelete
  3. खत्रा फोटोग्राफी theme :)

    ReplyDelete
  4. AnonymousJune 06, 2014

    वास्तवमा भन्नु पर्दा मुस्कान एक सरुवा रोग हो । तर यसले हानी होइन् बरू फाइदा नै गर्छ । र यो यस्तो सौंदर्य प्रशाधन हो जति बढी प्रयोग गर्‍यो त्यति नै मुहारमा निखार ल्याउँछ ।

    यी तस्वीरमा भएका सबै मुस्कानले थप मुस्कानका तह थप्दै गए र यी हरफहरू लेखिरहँदासम्म म पनि मुस्कुराइरहेकी छु र आशा छ यिनीहरूको जस्तै निश्चल मुस्कान मेरो मुहारमा पनि सजिरहने छ । :)


    Some of them are really cute and the last one is the most cutest :). Reminded me my childhood. :D

    Good job. Hope to see more smiles in coming up day... Keep going..... :)

    ReplyDelete
  5. आफू पनि यसरी नै हाँसिरहनु.... :)

    ReplyDelete