Subscribe:

Ads 468x60px

23 January 2014

जागिर : एक कारागार

भात खाने लतले राम्रैगरी गाँजेपछि मैले जागिर खान थालेँ । अहिले भात र जागिर दुवै कुराको अम्मल छ ।

आजकाल जागिरको दौडमा अमिलो पसिनाले गुम्स्याउँछ । पसिनालाई संसारकै महँगो अत्तर ठान्ने म यो बगिरहेको पसिना र अलमलिंदै बगिरहेको बागमतीमा खासै फरक देख्न छाडेको छु ।

Job_Labourमहिनाभरि रगतलाई श्रममा पोतेर म आफ्नो अनुहार नियाल्ने गर्छु जिन्दगीको फ्रेममा । त्यहाँ आफ्नै चित्र सधैँजसो केही अपूर्ण देख्छु । कि त चोसो नमिलेको चित्र बन्छ । कि त छिटा रङले कतै न कतै फोहोर पारेको हुन्छ । त्यो एक थोप्लो छिटालाई ‘सेक्सी कोठी’ भनेर मक्ख पर्न पनि सक्दिनँ । खुसी हुने नाममा ‘फेसन शो’ कहाँ हो  र जिन्दगी !

सबैले खान्छन् जागिर । जागिर नरुच्ने र नपच्नेले आफ्नै उद्यम र व्यवसाय थालेर मालिक बन्छन् । आफ्नै उद्यम थाल्ने जुक्ति र शक्ति नहुँदा मैले पनि धेरैले जस्तो जागिर नै खाएँ । अखाद्य फल पनि थिएन यो, नखाएर बस्नलाई । यस्सै सुरक्षित हुनलाई भविष्य कतै र कसैबाट ‘स्पोन्सर्ड’ थिएन पनि । लगानी र सम्पत्तिको नाममा भएको एउटा ज्यानलाई पसले बनाएँ र थालेँ जागिरको मादक पसल ।

11 January 2014

विरसबाबु शाही

जिन्दगी धेरै अर्थमा अठोट बिनाकै काम सम्पन्न हुने एउटा अध्याय रहेछ । जस्तो Birashbabuकि 'विरसबाबु' नामलाई लेखिनुपर्ने त्यस्तो खास रूपमा कहिल्यै तौलिएको होइन । आज कसरी उसको वजन ममा गह्रौं भएर छायो र तौल-ट्याग स्वरूप केही हरफ उसको उदास अनुहारले मबाट खोसेरै लग्ने भएछ ।

विरसबाबुको जन्मकथा म जान्दिनँ । खोइ उसकी आमा - उसलाई 'आमा' भन्ने सम्बोधनमा ज्रि्रो उठाउने जरुरत छैन । आमा-छोरा एकबेला सँगै थिए । छोरा संसारको बजारमा हरायो, आमा संसारबाटै हराइन् । विरसकी आमा भगवान् भइदिइन् ।

01 January 2014

धर्म


चपाइरहेछु खाना
ब्रस घोटिरहेछु खुबै सुर-ताल मिलाएर 

समयसँगको टक्करमा 
किटिरहेछु यिनै दाँतहरु

हर समय पिसिनु छ
खिइनु छ

सबै पिसेर-घोटेर
कपालमै त पोत्‍नु रै'छ चन्दनको लेप 

म बुढो भएको हुँदै हैन
समयले कति झिसमिसेमै आफ्नो धर्मकर्म गरिसकेछ !