April 12, 2016

‘जदौ’को एकान्तबास

Yagyanidhi-1

खोटाङ जिल्लाको पहाडी पाखोमा एउटा केटो घाँस-दाउरा र गोठालो जाँदा गाउँदै-नाच्दै हिँड्थ्यो । १६ वर्षे पट्ठो उमेरसम्म पनि गाउँका लोकगीतेहरूसँग कम्मर मर्काउँदै रमायो ऊ।

बोल बोल बोलीको रसैले
बोली टिपी लाँदैन कसैले ...

यस्ता भाका अझै मनमै अल्झिएर बसेका छन्, त्यो केटोको टाठो बोली भने अहिले छिप्पिएको उमेरसँगै मधुरो भएको छ। कुनै समयमा रेडियो तरंगबाट नेपालै गुञ्जायमान पार्ने दाहाल यज्ञनिधि पछिल्लो समयमा आफूभरिको गुनगुनमा सीमित बनेका छन्। रेडियोको साहित्यिक कार्यक्रममा 'जदौ' भनेर झर्रो नेपालीमा कविता-गीतका गेडा केलाउने र निम्तारुलाई सिर्जनामा आवाज दिन लगाउने रेडियोकर्मी अहिले निकै टाढा छन् रेडियोदेखि।