tag:blogger.com,1999:blog-3473939049311818033.post5268443021390983942..comments2023-10-29T13:22:24.254+05:45Comments on Jotare Dhaiba: FRIENDS FOREVER !Jotare Dhaibahttp://www.blogger.com/profile/16329491919485071804noreply@blogger.comBlogger3125tag:blogger.com,1999:blog-3473939049311818033.post-77524560263685410292018-05-14T18:57:09.104+05:452018-05-14T18:57:09.104+05:45उत्तम लेखउत्तम लेखHypnotherapyhttps://www.blogger.com/profile/08418177796342042438noreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-65272706461562168702008-08-14T09:56:00.000+05:452008-08-14T09:56:00.000+05:45लभगुरूसँगको लुभुयात्राबारेको नियात्रामाथि सारमा चि...लभगुरूसँगको लुभुयात्राबारेको नियात्रामाथि सारमा चित्त बुझाइको टिप्पणी राखिदिनुभएकोमा ढिलै भए पनि जडितजीसँग हार्दिक खुसी साट्छु । मित्रता दिवसको हूलमूललाई बसिबियाँलोमा यसो के उनेथेँ, त्यसलाई पनि मन पराइदिनुभयो । अझ मलाई त साथीसँगीसँग साँझपख लहरिएको मेरो लहडे पाराको लेखमाथिको तपाईँको प्रतिक्रिया त मेरो लेखभन्दा पो उम्दा लाग्यो जडितजी ! कति कलात्मक शब्दको थुङ्गा वर्षाउनुभएको ! तपाईँको हेराइ नै विशेष, त्यसैले मेरो लेखाइ विशेष लाग्यो तपाईँलाई । त्यति ताली र स्याबासी थाम्न सक्ने म योग्य अझै नभइसकेको हो कि ? खोइ, जे होस् तपाईँको मीठो सम्बोधनको निम्ति मीठो तृप्ति जनाउँछु । <BR/> अनि जडितजीले यस CaFe ब्लगको उप-शीर्षक (सव-टाइटल) "अनित्य राग, अनित्य वैराग" माथि अस्ति नै प्रतिक्रिया राख्नुभएथ्यो, जसलाई यतिन्जेल मैले भुलिबसेछु । आज सम्झिएको बेला यही बोलीमा लोली थप्न मन लाग्यो । तपाईँले भन्नुभएको एकदम सही हो, "मान्छेको जीवन राग र वैरागको बीचैबीच हिँड्छ ।" त्यस क्रममा न त सधैँ राग, न त सधैँ वैराग । अर्थात् कहिले रागयुक्त भावनाको यात्रा र कर्म त कहिले वैराग (यसमा द्वेष पनि राखिदिऊँ, निक्खर वितरागको अवस्था त अर्कै उच्चता हो) युक्तको । <BR/> राग र द्वेष एकैचोटि गुजुल्टिएर आउने भावहरू होइनन् । कसैप्रति प्रेम-अनुरागको संवेदना जागृत भइरहँदा तपाईँ त्यतैतिर एकोहोरिएर सद्भाव-करूणा खन्याउन मग्न बन्नुहुन्छ, त्यतिबेलै प्रेमभावसँग बेरिएर फलानो तेस्रो व्यक्तिप्रति तपाईँमा रिसको भावना पनि जागेको हुँदैन । त्यस्तो भावना जाग्नु छ भने अघिको प्रेमालुपन क्षणभरकै लागि भए पनि तपाईँभित्र गायब भइहाल्छ, अनि मात्र क्रोधले जागिर धान्छ । यो एउटा उदाहरण मात्र दिएको । <BR/> मेरो लेखाइ (अनित्य राग, अनित्य वैराग) को सङ्केत पनि "मान्छेको जीवन राग र वैरागको बीचैबीच हिँड्छ " भनेझैँ ठीक त्यतैतिर हो । अर्थात् जीवनमा न सधैँ राग छ (हुन्छ), न त वैराग । राग तथा वैरागलाई च्याप्दै जीवनमा हामी सञ्चो र न्यानो पाएको भावमा लम्किरहन्छौँ । राग र वैराग दुवैबाट पार पाएको अवस्थालाई चाहिँ 'वितराग' भनिँदो रहेछ, जुन अवस्थामा आम मान्छे पुग्न निश्चय नै कठिन छ ।<BR/>अवश्य नै हामीबीच आरतीको न्यानो फैलिरहनेछ ।Jotare Dhaibahttps://www.blogger.com/profile/16329491919485071804noreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-15064509813602426012008-08-09T16:54:00.000+05:452008-08-09T16:54:00.000+05:45दाम्लोबाट फुत्केको चौपाया लहलह बालीमा पुगेपछि मुख ...दाम्लोबाट फुत्केको चौपाया लहलह बालीमा पुगेपछि मुख नबिसाई चरे झैं , तपाईंको लेखाईमा आँखा परेपछि झिम्म पनि हुन्छ कि हुंदैन कुन्नि ( अर्को पल्ट याद गर्छु ) ; पढिसक्दा मैले जस्तो महसुस गर्छु त्यो दाम्लोबाट फुत्केको चौपायाले अघाईसकेर पनि त्यस्तो महसुस नगर्ला । यसपटक त झन तपाईंले सम्झिनुहुने मित्रनामहरुमा आफुलाई समेत पाएर पनि होला बाली अघाउञ्जेल चरेको चौपाया पुन दाम्लोमा बाँधिएपछि आँखा चिम्लिएर उग्राउंदा जुन आनन्द पाउँछ त्यस्तै आनन्द महसुस गरें / गर्नेछु । मित्रता दिवश / सप्ताह आयो र गयो ,त्यो पुन आउला / जाला तर तपाईंले पूजाको अन्त्यमा घुमाईने आरतीझैं सबैको अगाडी पेश गर्नुभएको मित्रताको न्यानो आरती म संधै तापिरहन पाउँ र तपाईंले सम्झनुभएका सम्पुर्ण मित्रहरु त्यो आरतीको न्यानोमा सेकिईरहन सकुन ।Anonymoushttps://www.blogger.com/profile/12782536755532902636noreply@blogger.com