छैन

कसैलाई केही बताउनु छैन
कसैलाई केही देखाउनु छैन
कसैलाई साबित गर्नु छैन
कसैले के भन्ला भन्ने कुरा पनि छैन

कुनै विशेष सपना छैन
पछ्याएको सपना भेटिनँ भन्ने गुनासो छैन
सपना पछ्याइरहँदाको थकान छैन
सपना नभेट्दाको निराशा पनि छैन

डुबाउने आँसु छैन
छिल्लिएको हाँसो छैन 
यसैले त घनघोर अँध्यारो छैन
आँखै खाने उज्यालो छैन

तिमी छैनौ
तिम्रो महसूस छैन 
यति हुँदा पनि 
मन कुँढिएको छैन
दिमाग बाफिएको छैन। 

Post a Comment

0 Comments