Subscribe:

Ads 468x60px

Featured Posts

23 January 2012

सात फेरो

Womenचुरालाई पखेटा बनाउँदै
उडाएँ मैले तिमीतिर
जिन्दगी जस्तै प्यारो हात
बोकेर ल्याएँ
कहिल्यै सन्नाटा नछाउने घर
आफैंलाई सौगात बनाएर सुम्पिएँ,

तिमीले दियौ
एउटा पलङ
पलङको आधा हिस्सा
र दस्तखत चलाएर सग्लो मेरो आङमा
दियौ बलात्कारलाई संस्थागत स्वरूप ।

22 January 2012

आज दुवै आँखा गुमाएँ …

{ Attachment brings suffering }

पत्रमित्र साथी,
हस्याङफस्याङ गर्दै बरालिएको जिन्दगीमा तिमीलाई जमेको माया !

तिमीलाई पत्र लेख्‍न बस्दा हातभन्दा बढी मन काँपिरहेको छ । अदृश्य मनको कम्पन कति ज्याद्रो हुन्छ, तिमी बुझ्छौ नि ? यो पत्र तिमीले स्वीकारै पो गर्ने हौ कि होइनौ, डर यत्ति छ । म बेठेगानामा त निशाना ताकिरहेको छुइनँ नि ? आजको समय पल-प्रतिपल रफ्तारमा छ, साइबर युगमा सूचना-सन्देशको प्रसारभन्दा तीव्र रूपमा परमाणु विस्तार र विरोधी स्वरको होड छ विश्वमा । यस्तोमा तिम्रो मन मात्रै स्थिर रहला भन्ने के ग्यारेन्टी ! तिमीभित्र चञ्चलताले जुरो उठाउँदो हो यदाकदा । यसै पनि हामी आधुनिक मान्छे यथास्थितिवादमा विश्वास गर्दैनौं अचेल । यसबीचमा तिम्रो चायादार कपालले विदेशको चिसोमा अझै चायाको च्यादर ओढे होलान् ( कि पायौ त्यहाँ प्रभावशाली सेम्पुको स्याहार ?), मेरो मनमा पनि टाँस्यो होला समयले असंवेदनशीलताको  पत्रे चट्टान । त्यो चट्टान च्यात्दै यति एउटा पत्रको भाकाTear... Pic Source - www.sirpatrickofireland.wordpress.com भए पनि तिमीसम्मन् भर्न खोज्दैछु । कोसौं पर रहेको परदेशमा बस्न पुगेकी नितान्त तिमीलाई मेरो भावनात्मक भुल्का ।

भुल्काको कुरा गर्दा भुल्का-भुल्का रगतको सिर्का छर्ने मेरो मुठीदार मुटुको कुरा सुनाउने व्यग्रता जाग्यो । तिमीसँगको भौतिक दूरीपछि मेरो मुटु कुनै बालकको हातमा पुगेको सलाइको डिब्बा बनेको छ, जसलाई त्यो बालकले खेल्ने नाममा यति जोडसाथ हल्लाएको छ – बढ्ता टङ्कारको कारण त्यसको चालसम्मको होश अब छैन मलाई । म जिउँदै त छु ? चिमोट्ने नङ पनि हिजो मात्रै काटिहालें । यो पिरो मुटु कति पोल्छ भने, मानौं तन्दुरी ढावामा प्रतिपल सेकिइराख्‍ने तावामा छुटेको रोटीको टुक्रा यही मुटु हो !

01 January 2012

२०१२ मा दुई कुरा

समयको बहानामा योजनाको पन्तुरो फुकाउने चलन नयाँ होइन । चाहे सुरुवातको घडीमा होस् वा समाप्तिको चरणमा, आत्मसाक्षी राखेर हामी योजना र वाचाको सूची बनाउन तम्सिहाल्छौं । यस्तै सूची यसपालि आफ्नो दिमागमा पनि फुरेको छ, वर्ष २०१२ को बहानामा ।

पहिलो योजना छ, यस वर्ष म धेरै पढ्छु ।

अध्ययन निकै सीमित भएको छ पछिल्लो समयमा । किताबका पन्नाभन्दा भातका सिता र निद्राका घन्टाको अंकगणितमा अल्झिन थालेको छ जिन्दगी । बौद्धिक साहचर्यमा रमाउन खोज्ने एउटा युवाको लागि यस्तो चाला हानिकारक हो । तात्कालिक रूपमा आफ्नो पेशागत कामको लागि चाहिने कुरा त ‘फास्टफुड’ हतारोमा पढिएकै छ । तर पाठ्यपुस्तक इतरको अनौपचारिक अध्ययन भने सुनसान छ । पुस्तक नभएर नपढेको भने होइन । किनेर, उपहारमा पाएर थुपारेका पुस्तक जम्मा पार्ने हो भने आफू छोपिनलाई बडेमानको भकारी नै तयार हुँदो हो । तर पढाइतिर ताउरमाउर नै चल्दैन । पढाइ पातलिंदा लेख्‍ने मसी पनि पातलिनु स्वाभाविकै हो ।  लेखाइको रङ निकै फिका भएको अनुभव हुँदैछ । मुख्य कुरो त, आफू गुदीयुक्त नभएपछि उभिएको भुइँ नै भासिएला जस्तो लाग्दोरै’छ । फितलो लागिरहेछ आफू ।  आफू अघिका पुस्ताले नयाँ पुस्तामा अध्ययनै छैन भनेर यत्तिकै थेगो बनाउने गरेको कुराले अहिले हो न हो, आफैंलाई घोचो बनेर बिझाउन थालेको छ ।

29 December 2011

त्यो पत्थर

पत्थर पनि त
मन विनाको मान्छे रहेछ,
अल्झिरहेछ
जुगदेखि दोबाटोमा

कोही आउँछ कि …

Stone Heart Source - www.everythingiswhatyoumakeit.wordpress.com

17 December 2011

कुन हो ठाउँ ?

KamalPokhari
तस्बिरमा देखिएको ठाउँ कहाँको हो ? राम्ररी नियाल्नुस् त ! विदेश हो कि स्वदेश ? पैल्याउन सक्नुभएन भने जानकारी र यससम्बन्धी थप तस्बिर हेर्न भित्र आउनुस् >>