साहित्य र पत्रकारिताको दुई बैशाखीबाट जीवनको सन्तुलन खोजिरहेको एक युवा हुँ । साहित्यकै पृष्ठभूमिबाट पत्रकारितामा तानिएँ, पत्रकारितामा कुनै चुम्बकीय शक्ति देखेर होइन । जे देख्छु - अक्षर, भावना र विचारमा देख्छु । सूचना त केटाकेटी छँदा सलाइका मसिना दुईवटा बट्टा वारपार धागोमा बाँधेर एकापसमा फुसफुसाउँदा पनि धेरै थोक पाए झैं लागेकै थियो । अधकल्चो सूचनाको व्यापार हुने समाचारको दुनियाँभन्दा बरु साहित्यमा शक्ति र महाशक्ति नै पाउँछु।
तर, खाली ठाउँ पनि छ साहित्यिक कित्तामा । साहित्य सिर्जनामा कल्पनाशीलताको महत्व आफ्नो ठाउँमा छ, कल्पनामा बहकिने र आदर्शको अफिम ढुवानी गर्ने क्रममा नेपाली साहित्यमा उडन्ते गफ धेरै भए कि जस्तो लाग्छ । हाम्रो साहित्यले समाज र सत्यतथ्यसँग एकाकार हुनुपर्छ अब।
तर, खाली ठाउँ पनि छ साहित्यिक कित्तामा । साहित्य सिर्जनामा कल्पनाशीलताको महत्व आफ्नो ठाउँमा छ, कल्पनामा बहकिने र आदर्शको अफिम ढुवानी गर्ने क्रममा नेपाली साहित्यमा उडन्ते गफ धेरै भए कि जस्तो लाग्छ । हाम्रो साहित्यले समाज र सत्यतथ्यसँग एकाकार हुनुपर्छ अब।
मामाघरमा जन्मिएँ रे म, सर्लाहीको राइटरखोर गाउँमा । त्रियुगा नगरपालिका – ७ उदयपुरमा हो मूल थातथलो । २०५८ सालदेखि काठमाडौं-कुवामा पौडिन आइपुगेको हुँ । पखेटा भिजेर, थाकेर लोथ भइसके पनि जाँगर त अझ निकाल्नै बाँकी पो छ भन्ने भम्र दिइरहेछु आफूलाई।
साहित्यका साथै फोटोग्राफीमा पनि रुचि छ । शब्दमा जस्तै फोटोग्राफीका रेखा र प्वाइन्टहरुमा अभिव्यक्त भएर पोखिएको उल्लासमा रमाउने गर्छु।
Blog !
ब्लगर डट कममा नोभेम्बर २००६ मा खाता खोले पनि अप्रिल २००८ देखि लेख्न सुरु गरें।
अभिव्यक्ति छताछुल्ल पार्ने नयाँ माध्यम खोज्ने क्रममा ब्लग उपयोगी देखें । विविध विषयमा लेख्दै आए पनि साहित्य नै यस ब्लगको ढुकढुकी रहनेछ।
अभिव्यक्ति छताछुल्ल पार्ने नयाँ माध्यम खोज्ने क्रममा ब्लग उपयोगी देखें । विविध विषयमा लेख्दै आए पनि साहित्य नै यस ब्लगको ढुकढुकी रहनेछ।
Contact :
Email : dhaibaji@gmail.com / dhaibaji@hotmail.com
You may also find me on Twitter and Facebook
Email : dhaibaji@gmail.com / dhaibaji@hotmail.com
You may also find me on Twitter and Facebook
----------------------------------------------------
एक थोपा समुद्र
एक थोपा समुद्र
- समुद्र बन्ने ध्याउन्नमा हामी थोपाहरू गुडुल्किँदै बग्छौं । कहिले योजनाबद्ध, कहिले मनमौजी । प्राय:जसो, बनाएको योजनाअनुसार लिक नचल्दा कहिले भने बाटो नै नबनाउँदा पो गति ठीक रुपमा अघि बढ्ने हो कि भन्ने भ्रमले हामीलाई छोप्छ । र हामी नबनाएको बाटोमा पैंताला खियाउँछौं । नबनाएको योजनाका खातामा जिन्दगीको योगफल रच्न बुकुर्शी मार्छौं ।
- जति दौडिए पनि, जता चाल मारे पनि आखिर हामी थोपा !
- कहिले भीडमा पिसिएर लाखापाखा लागे जस्ता सपनाका हाम्रा भरियाहरू । कहिले निकै चुलीमा पुगेर झण्डा फहराए जस्ता हाम्रो जोशका आरोहीहरू । तब लाग्छ- हामी एक मात्र पात्र त हुँदै होइनौं । र बहुपरिचय हाम्रो एउटा अनुहारसँग जोडिएको छ । यसैले सपनाको भरियालाई चुइँचुइँ हिँडाइरहन्छौं, जोशका आरोहीहरूलाई होस्टे बोलीमा काँध दिएर ठेलिरहन्छौँ । यात्रा त शङ्खेकीराले पनि गरेकै हुन्छ । तर हाम्रो सपना र जोसको यात्रामा कतै पुग्ने-नपुग्ने ठेगानाको तारतम्य गाँसिएको हुन्छ, यस्तोमा ठेगाना किटेरै पनि हामी कतै पुग्न पनि सक्छौं र नपुग्न पनि । हामी थोपाको के निश्चितता ?
- ‘गागरमा सागर’ भनाइ धेरै सुनिन्छ । थोपाको एक झुप्पा योग: गागरमा हामी अलि ठूलो थोपाको पहिचान देख्छौं। हामीलाई लाग्छ सपना र परिचयको मैदान अझै सेलाइसकेको छैन । ‘वैज्ञानिकहरूले सबै कुरा आविष्कार गरिसके र मात्र, नत्र मैं पनि के कम हुँदो हुँ’ भन्ने झोँकमा च्याट्ठिने हामीमध्ये कतिपय युवा हुँदा हौं । एउटा-एउटा विद्रोहको ज्वारभाटाले हाम्रो मस्तिष्कको मुलायम भित्तामा कति-कति लात मार्दा हुन् ।
हामी एकै थोपा भए पनि कहाँ चुप लागेर बस्न सकौंला !
- यसैले, हामी थोपा मात्र त हुँदै होइनौं, समुद्र हौं समुद्र – एक थोपा समुद्र ।
सार्है रार्मो लाग्यो!
ReplyDelete"हामी थोपा मात्र त हुँदै होइनौँ, समुद्र हौँ समुद्र – एक थोपा समुद्र ।"
ReplyDeleteNicely done............
ReplyDeleteWish you a successful life ahead: equally in journalism and literature...........
भाव सुन्य म पनि होइन, शब्द म पनि ओकल्न सक्छु तर शब्दशिल्पी जोतारे धाइबाले कुन साँचोमा हालेर खिप्दाहुन् ती खिरिला शब्दहरु ।
ReplyDeleteशुभकामना उज्ज्यालो आगतको !
हुन त धेरै फुर्क्यायो भने मान्छे मात्तिन्छ भन्छन, तर मलाइ शव्दसँग खेल्ने र बुन्ने कसैको शिल्पशैली साह्रै मन पर्छ भने त्यो हो - जोतारे धाइबा ।
ReplyDeleteaafu lae ta jati jhataro haane pani naam ta jeevan karki nae pyaro laagchha..jotare dhaiba bhanda aafno sano sathi nae hoina ki jasto lagchha kahile kahi..;)
ReplyDeletelikess...
ReplyDeleteसमुद्र बन्ने ध्याउन्नमा हामी थोपाहरू गुडुल्किँदै बग्छौं । कहिले योजनाबद्ध, कहिले मनमौजी । प्राय:जसो, बनाएको योजनाअनुसार लिक नचल्दा कहिले भने बाटो नै नबनाउँदा पो गति ठीक रुपमा अघि बढ्ने हो कि भन्ने भ्रमले हामीलाई छोप्छ । र हामी नबनाएको बाटोमा पैंताला खियाउँछौं । नबनाएको योजनाका खातामा जिन्दगीको योगफल रच्न बुकुर्शी मार्छौं ।
ReplyDelete