November 17, 2011

जाडो र गलबन्दी

उपहारमा
तिमीले दियौ गलबन्दी


छेक्दै छेकेन जाडो
रोकेन तुषारोको ठिही


तिम्रो उपहारको गलबन्दीभन्दा त
असरदार रहेछ
सुन्दरी सिरेटोको खिरिलो हिलजुत्ता


आतंकवादी जस्तो
घुसेको छ घाँटीको सुरुङभरि
उफ्रिरहेछ शीतलहरको पाइलाले ।

1 comment:

  1. सुरु भो है कविज्यु को शीतकालिन कविता यात्रा! यात्राको सुरुवात राम्रो छ हाहा!~

    ReplyDelete