Subscribe:

Ads 468x60px

22 December 2013

पुस्तकमा भूमिकाको कथा

भूमिका बाँध्नुलाई बोलीचालीमा पनि निकै महत्व दिइन्छ । कतै कार्यक्रममा मन्तव्य राख्ने क्रममा आफ्नो गुदी कुरा बोल्नुअघि भूमिकाले बनाउँछ वातावरण । तर, हामीकहाँ कार्यक्रममा भूमिकालाई झ्याउलाग्दो कुरा मानिन्छ र स्रोता तथा सँगै मञ्चमा रहेका सहवक्ताहरु समेत हाइ काढ्न थाल्छन् । भूमिका बोल्नेले पनि सामान्यतया ‘श्रीमान् सभापतिज्यू’ सम्बोधन जस्ता हल्काफुल्का कुरा तन्काएरै समय निलिदिन्छ । आफूसँग गुदी कुरा नै नभएपछि भूमिकामै अल्झाउनु उसले बुद्धिमानी ठान्दो हो सायद ।

नेपाली पुस्तकमा पBook-Cover_Hamro-Jamanako-Charitra-Nayakनि भूमिका लेखनलाई हेर्ने दृष्टिकोण लगभग यस्तै छ ।

पढ्नेले भूमिकालाई बेस्वादको पाना ठान्छ । भूमिका लेख्नेले आफ्नै पुस्तकमा पनि यो कामलाई झारा टार्ने मेलो सम्झिन्छ । उसले कि त आदर्शको रट लगाउँछ, कि त कलाको अनावश्यक प्रदर्शन गर्दै अनेक कथा-उपकथा जोड्छ । (भूमिका कुनै पनि पुस्तकको परिचय र पाठकसँग सम्बन्ध विस्तारको पहिलो खुड्किलो भन्ने पाटोलाई कमैले ख्याल गर्छन् ।) अनि कुनै वरिष्ठ लेखकलाई आफ्नो पुस्तकमा भूमिका लेखाएर ‘गुणस्तर प्रमाणचिह्न’ प्राप्त गरेको ठान्नेहरुको त झन् ठूलै जमात छ । ‘ठूला लेखक’ले लेखिदिने भूमिका मानौं हरेक अक्षरहरुका लागि लालमोहर हो, भूमिकासँगै ती सुकेका र लोलाएका अक्षरमा प्राण भरिन्छ ! भूमिकाको नाममा कसैबाट तारिफको पुल र प्रगति विवरणको तला थपिएपछि नयाँ पुस्तकका लेखक मक्ख नपरुन् पनि कसरी ? फेरि सम्मान गरेर भूमिका लेखिमाग्न आउनेमाथि अग्रजबाट आलोचनात्मक हरफ हत्तपत्त फुस्किँदैन र अर्कातिर कृतिकार पनि सहँदैनन् आफ्नो आलोचना । मिलनविन्दु !

रुसी लेखक मिखाइल लेर्मोन्तोभले आफ्नो उपन्यास ‘हाम्रो जमानाको चरित्रनायक’ (A Hero of Our Time) मा लेखेको भूमिकामा भूमिकाकै किस्सा हालेका छन् । पढेर खुबै स्वाद लाग्यो । यसमा भूमिका लेखनबारेको टिप्पणी मात्रै छैन, खास भूमिका कस्तो हुनुपर्छ भन्ने सटीक नमुना पनि हो यो । सन् १८४० मा प्रकाशित उपन्यासको नेपाली अनुवाद कृष्णप्रकाश श्रेष्ठले गरेका छन् । कविता लेखनबाट पसिद्धि कमाएका मिखाइलको सो नयाँ कृति आफ्नो युगको चरित्र नायकको रुपमा लेखकले कसको चित्रण गरेका हुन् भन्ने खुल्दुलीका कारण पाठकहरुले तुरुन्तै किनेछन् । मूल पात्र एउटै भए पनि भिन्दाभिन्दै लेखिएको पाँचवटा कथालाई समेटेर पछि उपन्यासको रुप दिइएको रै’छ । उपन्यासको भूमिका सान्दर्भिक लागेर यहाँ प्रस्तुत गरेको छु ।

भूमिका नै जुनसुकै पुस्तकमा पनि सबभन्दा पहिलो र सबभन्दा अन्तिम कुरा हुन्छ । त्यसलेInner-Page_Hamro-Jamanako-Charitra-Nayak या त पुस्तकको उद्देश्यमाथि प्रकाश पार्दछ या त आलोचनाको स्पष्टीकरण र उत्तर दिन्छ । परन्तु सामान्यता पाठकहरुलाई चाहिं न लेखकको उद्देश्यसित कुनै सरोकार हुन्छ, न त पत्रपत्रिकामा छापिने टीका-टिप्पणीको नै चासो रहन्छ । यसै उसले अक्सर पाठकहरु भूमिका पढ्दा पनि पढ्दैनन् । किन्तु यस्तो हुनु अवश्यमेव दु:खको कुरा हो, खास गरी हामीकहाँ ! हाम्रा पाठकहरु अझै पनि कतिसम्म कलिला र सुधासाधा छन् भने कथाको पुछारमा नीतिवाक्य पढ्न नपाउन्जेल उनीहरु त्यसको तात्पर्य समेत बुझ्दैनन् । उनीहरु न ठट्टाको मर्म ठम्याउन सक्छन्, व्यंग्यको कटाक्ष नै अनुभव गर्छन् । छोटकरीमा भनूँ, उनीहरुलाई अझै पनि कुन कुराको अत्तोपत्तो छैन भने आजको सभ्य समाजमा र शिष्ट पुस्तकमा सोझै गालीगलौजलाई पनि ठाउँ रहँदैन । आधुनिक शिक्षाप्रचारले यस्तो तीक्ष्ण हतियारको आविष्कार गरिसकेको छ जुन झण्डै अदृश्य नै हुन्छ, तर पनि बढ्ता घातक हुन्छ र चिप्लोघसाइको खोलभित्र रहेको त्यस हतियारले सशक्त र अचूक प्रहार गर्दछ । हाम्रा पाठकहरु भने यस्ता अबुझ गाउँलेहरु जस्ता छन्, जो एक-अर्काप्रति शत्रुता राख्‍ने दुई राज्यका कूटनीतिज्ञहरुको कुराकानी सुन्दा के विश्वास गरिटोपल्छन् भने पक्कै पनि ती दुबै कूटनीतिज्ञहरु आपसी मित्रताको हितलाई मात्र ध्यानमा राखेर आफ्ना सरकारहरुलाई चाहिं धोका दिने गर्छन् ।

हालसालैसम्म पनि कतिपय पाठकहरु र अझ कहाँसम्म भने केही पत्रपत्रिकाहरुले समेत प्रस्तुत पुस्तकलाई दुर्भाग्यवश यसको अभिधार्थमा नै लिने गरेको पाइन्छ । ठट्टा होइन ! हाम्रो जमानाको चरित्रनायक जस्तो दुश्चरित्र व्यक्तिको दृष्टान्त व्यक्तिको यस पुस्तकमा प्रस्तुत गरिएको छ भने कुराले कसैकसैलाई त अचाक्ली नै रुष्टसमेत पारेको छ । कसैकसैले चाहिं रचनाकारले स्वयं आफ्नै तस्बिर खिचेको छ वा आफ्ना परिचित व्यक्तिहरुकै तस्बिर उतारेको छ भन्ने किसिमबाट ज्यादै नै सूक्ष्म तरिकाले टीकाटीप्पणी गरे ! ज्यादै पुरानो तर निकृष्ट ठट्टा ! सके रुसको निर्माण नै कुनै किसिमबाट भएको छ भने त्यसले अरु क्षेत्रमा जतिसुकै प्रगति गरे तापनि यस्ता असंगतिहरुबाट चाहिं कहिल्यै पिण्ड छुटाउन सक्ने छैन । हामीकहाँ त कल्पनाप्रधान अद्‍भूत दन्त्यकथासमेत व्यक्तित्वको अपमान गर्न खोजिएको भन्ने लाञ्छनाबाट सायदै मुक्त हुन सक्ला !

र ? माफ गर्नोस् ! म तपाईंहरुसित सहमत हुन सक्तिनँ । गुलियो खाँदाखाँदा मानिसहरुको पाचनशक्ति नै बिग्रिसक्यो । अब त तीतो ओखती पो चाहिएको छ ! टर्रो सत्यको खाँचो छ ! तर प्रस्तुत पुस्तकको लेखक त कहिलेकाहीं मान्छेका खोटहरु सच्चाउने घमण्डी कल्पना पो गर्दो रहेछ भन्ने चाहिं कदापि नठान्नुहोस् ! यस्तो अहंकारबाट ईश्वरले उसलाई बचाओस् ! यत्तिकैमा उसलाई सन्तोष छ – उसले आधुनिक मान्छेलाई जस्तो देखेको छ, त्यस्तै रुपमा चित्रित पनि गरिदिएको छ । उसले त मान्छेलाई आफ्नो र तपाईंको समेत दुर्भाग्यवश यस्तै रुपमा भेट्ने गरेको छ । बस्, रोगको निदान गरिनु नै पर्याप्‍त छ ! त्यसको उपचार कसरी गर्ने भन्ने कुरा त दैव नै जानोस् !

करुणानिधान महानुभाव हो ! हाम्रो जमानाको चरित्रनायक वास्तवमा शब्दचित्र नै हो, किन्तु त्यो एक व्यक्तिको मात्र शब्दचित्र चाहिं होइन । यो त यस्तो शब्दचित्र हो जुन हाम्रो पूरै पुस्ताका त्रुटि र कमजोरीहरुबाट निर्मित छ र तिनको विकासक्रम पनि पूर्णत: त्यसमा प्रतिविम्बित भएको छ । मान्छे यतिसम्म निकृष्ट हुनै सक्दैन भनेर तपाईंहरु मलाई भन्न सक्नुहुन्छ । तर, तपाईंहरुसँग मेरो प्रश्न छ – साराका सारा दुखान्तक र प्रणयपूर्ण कथाहरुमा चाहिं यस्ता खलनायकहरुको अस्तित्व रहने सम्भावनाबारे त विश्वास गर्नुहुन्न ? यदि तपाईंहरु ज्यादै भयंकर र कुत्सित पात्रको सराहना गर्न सक्नुहुन्छ भने तपाईंहरु मनमन्दिरमा काल्पनिक नै भए पनि यस चरित्रनायकले किन स्थान पाउँदैन ? के यसको चरित्रचित्रणमा तपाईंहरुले खोज्नभएको भन्दा बढी सत्यता त झल्कँदैन कतै ? ...

तपाईंहरु भन्नुहोला – के यसबाट नैतिकतालाई कुनै लाभ पुग्छ र ? माफ गर्नोस् ! म तपाईंहरुसित सहमत हुन सक्तिनँ । गुलियो खाँदाखाँदा मानिसहरुको पाचनशक्ति नै बिग्रिसक्यो । अब त तीतो ओखती पो चाहिएको छ ! टर्रो सत्यको खाँचो छ ! तर प्रस्तुत पुस्तकको लेखक त कहिलेकाहीं मान्छेका खोटहरु सच्चाउने घमण्डी कल्पना पो गर्दो रहेछ भन्ने चाहिं कदापि नठान्नुहोस् ! यस्तो अहंकारबाट ईश्वरले उसलाई बचाओस् ! यत्तिकैमा उसलाई सन्तोष छ – उसले आधुनिक मान्छेलाई जस्तो देखेको छ, त्यस्तै रुपमा चित्रित पनिगरिदिएको छ । उसले त मान्छेलाई आफ्नो र तपाईंको समेत दुर्भाग्यवश यस्तै रुपमा भेट्ने गरेको छ । बस्, रोगको निदान गरिनु नै पर्याप्‍त छ ! त्यसको उपचार कसरी गर्ने भन्ने कुरा त दैव नै जानोस् !

- मिखाइल लेर्मोन्तोभ

(पुस्तकको भूमिका सुरुचिपूर्वक पढेर टाइप गरिदिने साथी उत्तरा घिमिरेलाई धन्यवाद !)

1 comment: