December 30, 2009

नयाँ वर्ष


गडिएर पैँताला
मैदानमा डढेलो लागेको हो कि,
बाफिएर फक्लेटा मैदान
पैँताला नै भुङ्ग्रो बनेको हो ?
चाहे जे भएर होस् -
कोइलाको अररो छाती फुकाउँदै
हिँड्नु छ यसपालि पनि यो पत्थरी लेकमा

लहरिएका जम्मैजम्मै हरियाली
निधारको गर्खे पाखोबाट
अभागको भर्याङमा खेल्दैखेल्दै चिप्लेटी
फेरि पनि बजारिएलान् उही सतहमा

खलाँतीसमान श्वासले पिच्कारी छोडेका
मगमगाउँदो पसिना र जगमगाउँदो भोक
आफ्नै हो
आफ्नै जँघार
आफ्नै कारोबार

धुरी नाघेर एउटा
माझको भन्ज्याङमा बास बसूँला भन्नेहरु हो !
के थाहा भन्ज्याङमा पनि एउटा धुरी नाघ्नु छ
अथवा रङ्ग्याउनु छ -
पहाडको खोँचमा सुक्खा रहेको खहरे सिउँदो

उत्सव मनाउने नाममा उछिट्टिएका
प्रेमिल आतिसबाजी झिल्काहरुको वियोगमा
मस्तले म रोएको छु,
परदेशीले यादको नौनी भरेर पठाएको ठेकी जस्तै
यो देशको भुइँ - ताछ्दै-चोइट्याउँदै
कोठा-कोठा आकाश टाल्दा
अचाक्ली म थाकेको छु

नयाँ एउटै आकाश
नयाँ एक मुठी ताराहरु
र सर्लक्क एक हेराइ,
एक पाइला नापेको यही एक यात्राका लागि,
नयाँ वर्ष !
अब तिम्रो एक धर्सो रेखा
लम्ब्याए हुन्छ यतै ।
 




--------------------------------------------------
Cafe का समस्त शुभेच्छुक, ब्लगर मित्र तथा आदरणीय-प्रेमिल स्वजनहरूमा यसै मेसोमा वर्ष २०१० को हार्दिक मङ्गलमय शुभ कामना अर्पण गर्दछु । नकोरिएका सपना कोरियून्, कोरिएका सपनाले गोरेटा भेटून् । अस्तु ।

16 comments:

  1. धुरी नाघेर एउटा
    माझको भन्ज्याङमा बास बसूँला भन्नेहरु हो !
    के थाहा भन्ज्याङमा पनि एउटा धुरी नाघ्नु छ
    अथवा रङ्ग्याउनु छ -
    पहाडको खोँचमा सुक्खा रहेको खहरे सिउँदो

    मन छुने भावना!

    नयाँ सालको शुभकामना धाइबाजी तपाईंलाई पनि।

    ReplyDelete
  2. नयाँ एउटै आकाश
    नयाँ एक मुठी ताराहरु
    र सर्लक्क एक हेराइ,
    एक पाइला नापेको यही एक यात्राका लागि,
    नयाँ वर्ष !
    अब तिम्रो एक धर्सो रेखा
    लम्ब्याए हुन्छ यतै ।


    मिठा भावनाले भरिएको कविता सुन्दर त छदैछ,
    त्यहिँ तल लेखिएको कामना पनि आफैमा कवितात्मक छ..,
    धाइबाजीलाइ पनि नया बर्षको हार्दिक शुभकामना !

    ReplyDelete
  3. उत्सव मनाउने नाममा उछिट्टिएका
    प्रेमिल आतिसबाजी झिल्काहरुको वियोगमा
    मस्तले म रोएको छु,
    परदेशीले यादको नौनी भरेर पठाएको ठेकी जस्तै
    यो देशको भुइँ - ताछ्दै-चोइट्याउँदै
    कोठा-कोठा आकाश टाल्दा
    अचाक्ली म थाकेको छु
    अत्यन्तै मिठो कविता धाइबा जी
    नयाँ बर्षको शुभकामना तपाईंलाई पनि!!

    ReplyDelete
  4. नयाँ वर्षको शुभकामना ! Cafe, धाईबाजी एवं सबैलाई ।

    ReplyDelete
  5. Nice one!

    Best wishes for a happy and prosperous new year to you and all the visitors of Cafe!

    ReplyDelete
  6. एउटा उत्कृष्ट कविता!

    तपाईँ र यो ब्लगका सम्पूर्ण पाठकहरुलाई नयाँ वर्ष २०१० को हार्दिक मंगलमय शुभकामना!

    ReplyDelete
  7. पूर्वको मधुरो घाम फेरिएकै छैन
    बदलियो नारा तर काम फेरिएकै छैन
    नयाँ केही भएकै छैन
    पुरानो केही गएकै छैन
    अनि कुन मनले व्यक्त गरूँ खुसी ?
    गर्नु परेकै छ अप्ठेरोको सामना
    यो बेलामा भन साथी,
    कुन शब्दले दिऊँ
    नयाँ वर्षको शुभकामना ?

    ReplyDelete
  8. सुन्दर कबिता। मन पर्‍यो।
    अनि नव वर्षको शुभकामना है तपाईलाई पनि।

    ReplyDelete
  9. साह्रै सुन्दर तरिकाले संयोजित कविता!

    धाइबाजी, क्याफे र 'कफी' पिउन यहाँ पाल्नुहुने सम्पूर्ण पाठकहरुमा नव वर्ष २०१० को हार्दिक मंगलमय शुभकामना!

    ReplyDelete
  10. सदाझैँ साह्रै राम्रो कविता गयो दाजू....

    तपाई र Cafe मङ्गलम् का समपुर्ण पाहुनाहरूलाई नववर्षको हार्दिक मङ्गलमय शुभकामना!!
    आशा गर्छु नववर्षले सबैका लागि मङ्गलै मङ्गल लिएर आओस्...

    ReplyDelete
  11. नयाँ वर्षको शुभकामना !

    ReplyDelete
  12. कविताले मन लोभ्यायो ।
    नयाँ बर्ष सन् २०१० को तपाई लगायत ब्लगमा आगन्तुक सबैमा मिठो शुभकामना !!

    ReplyDelete
  13. नयाँ एउटै आकाश
    नयाँ एक मुठी ताराहरु
    र सर्लक्क एक हेराइ,
    एक पाइला नापेको यही एक यात्राका लागि,
    नयाँ वर्ष !
    अब तिम्रो एक धर्सो रेखा
    लम्ब्याए हुन्छ यतै



    कविता निकै राम्रो लाग्यो । नववर्ष २०१० को अवसरमा सुख, शान्ति र समृद्धिको कामना गर्दछु । यो वर्ष तपाईको पूर्ण सफल्ताको वर्ष होस् ।

    ReplyDelete
  14. आम्मै, कति मीठो गरी लेख्नुभएको हो !धाइवाजीलाई नयाँ धर्सोको शुभकामना !

    ReplyDelete