Subscribe:

Ads 468x60px

24 July 2010

कोरस लय






माडिएको धर्तीकै चेपबाट 
फुटेका हौँ हामी 
कुनै बीज झैँ
अथवा
देहको हारमोनियममा 
घमौराको सरगम झैँ


निश्चिन्त भए हुन्छ-
आपत्तिले हाल्नेछैन सोडा 
हाम्रो धैर्यको उत्सवमा
मर्जी होस् महाराज,

के नगरौँ हामी
के निषेध छ यो लोकमा

अब
मात्र त्यही-त्यही हुनेछ

तुरतुरे कुलोदेखि डराउनुहुन्थ्यो
अब बाढी नै ल्याउनेछौँ
एक सर्को झिल्कोदेखि आत्तिनुहुन्थ्यो
अब घुरको हिमालचुली उठाउनेछौँ

चुप नबस्नुस् महाराज
बकबक जारी रहोस् 
चकचक हुँदै गरोस् 

के नगर्नू हामी
के नबोल्नू हामी
कता नजानू हामी
कुन सपथ नखानू

अब
मात्र त्यही-त्यही हुनेछ ।

3 comments:

  1. धाइबा जी ! अब त आफै लाइ पो सरम लाग्छ देशको र देशको परिस्थितिको बारेमा लेख्दा खेरि .... खै कसले पो ! सुन्ने हो ! आफैले आफैलाइ सुनायो बस !
    .........
    उदेक लाग्दो अबस्था छ -साच्ची देशको
    तपाईका शब्दहरुले भने झैँ ....
    "अब मात्र त्यही-त्यही हुनेछ ।"

    ReplyDelete
  2. Nice poem...It captures situation very nicely in words...You are really a good poet..

    ReplyDelete
  3. धाइवाजी, राम्रो लाग्यो कविता । प्रतिकात्मक छ, यहि नै यसको विशिष्टता हो । पहिलोभन्दा पछिल्ला अनुच्छेदहरु बढि स्वभाविक र राम्रा लागे ।

    ReplyDelete