February 24, 2011

डोल्मा

Dolma-for-Poem
सुगठित ज्यानमा
लुकाएर राखे जस्तै सहिदले
आफ्नो तिलस्मी गाथा
गाँठो पारेर साथमा
के लुकाइराखेकी छ्‌यौ,


कि यतिखेर म
मान्छेहरूको समुद्रमा
सिपी खोज्दै
तिमीसम्मन् आइपुगेको छु


श्रम नामको साथीले
हत्केलाको पाखोमा
कोरिदिएको छ जसरी -
ठेलैठेलाको घडेरी
उसरी नै
निचोर्न मन छ
सिउँदोको त्यो खोंचमा लालीगुराँस

तिम्रो हिमालतिर
हिउँले उमार्छ पैँतालाभरि
काउकुतीका फूलहरू
यता हेर -
यो अँगालोमा फुलेको एक झुप्पा फूल
त्यो तिम्रै मुटु,
अकासिँदै माझिएको चन्द्रमा
सायद तिमीले बालापनमा हराएको सिक्का
अहिले त लौ छिप्पिएछ !
आकाशै ढाक्नेगरी विकासी भएछ !!

डोल्मा,
गाजलको बाँधबिनाको तिम्रा आँखा
सत्ते-सत्ते !
मसम्मन् गुडेर आउँछन्
मलाई नै गुडाउँछन्

कि यतिखेर मैँ पनि
मान्छेहरूको समुद्रमा
सिपी खोज्दै
तिमीसम्मन् आइपुगेको छु ।

10 comments:

  1. कति मिठो अभिव्यक्ति , मा पनि मेरो 'डोल्मा' लै यसरि नै शब्द मा पोख्न सकु |

    ReplyDelete
  2. श्रम नामको साथीले
    हत्केलाको पाखोमा
    कोरिदिएको छ जसरी -
    ठेलैठेलाको घडेरी
    उसरी नै
    निचोर्न मन छ
    सिउँदोको त्यो खोंचमा लालीगुराँस
    वाह वाह वाह.................

    ReplyDelete
  3. भावनाले प्रचुर अभिव्यक्ति पाएको छ यो कवितामा|

    ReplyDelete
  4. भरिलो कहानि सुरिलो भाकामा
    के मात्रै पर्छ हो कविको आँखामा ?
    मज्जा आयो!!

    ReplyDelete
  5. मलाइ जोतारे जी को कविता भन्दा गद्य लेखन नै मन पर्छ है…।

    ReplyDelete
  6. कवितामा धाइबालाई पढ्नुको मजा बिछट्टै छ ।

    ReplyDelete
  7. धाइवा अनि यो कविता!! लौ शुभकामना!यो कविताको भाव अनुसार डोल्मा फोटोमा कुनै सानी बच्ची नभएर साच्चै सिउदोमा लालीगुराँश फुलाउन हिम्मत गर्ने डोल्मा
    गाजलको बाँधबिनाको आँखाले
    कसम त्यै रातो गुराँशको,
    धाइवा सम्मन् गुड्दै
    उनलाई नै कैद गर्न सक्ने हुनुपर्थ्यो!
    वा! अत्यन्त सुमधुर! यो भन्दा बढि भन्नलाई मैले पनि यस्तै कविता लेख्न सक्नु पर्छ -- खै र सपना लाग्छ !
    :)

    ReplyDelete
  8. दहि बा क्या गज्जप लेख्नु भो । सरल भाषामा अभिब्यक्तीहरु प्रस्ट छन । वाह वाह वाह
    कि यतिखेर मैँ पनि
    मान्छेहरूको समुद्रमा
    सिपी खोज्दै
    तिमीसम्मन् आइपुगेको छु

    ReplyDelete