June 12, 2011

सूर्यग्रहण


तिम्रो जीवन यति अँध्यारो छ
कहाँ थाहा थियो र

बन्न हुन्थ्यो
सानोतिनो सूर्य

समाउन दिन हुन्थ्यो
किरणका औँलाहरू

बुद्धु थिएँ
बुद्धु भएरै बसिरहेँ

मेरो यो चुपचापलाई
सम्झिदिनू है तिमीले
सूर्यग्रहण ...

solareclipse

4 comments:

  1. So small, so simple yet so meaningful, idea-full, and feelings-full ! Simply the best :)

    ReplyDelete
  2. थाहा भएर पनि चुप बस्नु पर्ने रहेछ जिन्दगी यस्तै रहेछ
    मर्न पनि नसकिने बाँच्न पनि गाह्रो हुँदै छ

    ReplyDelete
  3. हिजोको चन्द्रग्रहणले भन्दा यो ब्लगको सूर्य ग्रहणले पो मन गम्भीर र भावुक बनायो । केहि लेख्न मन छैन

    मेरो यो चुपचापलाई
    सम्झिदिनू है तिमीले
    सूर्यग्रहण ...

    ReplyDelete
  4. मार्मिक अभिव्यक्ति !

    ReplyDelete