एक महिनाअघि गोरखा जिल्ला पुग्दा 'काठमाडौँ कता हो हे राम' भन्ने आपतले कहिल्यै छोपेन । गोरखा काठमाडौँदेखि टाढा पनि त होइन । तर काठमाडौँमा जीवनचर्याको आठ वर्ष लामो रथ हाँक्दा पनि कहिल्यै एक झमट देख्न नपाएको दृष्यले गोरखामा हाम्रा आँखालाई 'भाग्यमानी' तुल्याए झैँ गर्यो । गुणस्तरीय सेवा दिनमा हुतिहारा भईकन पनि निर्लज्ज बनेका दूरसञ्चार कम्पनीको सास्ती खेप्दै रुखहुँदी र घरको माथिल्लो तलामा 'नेटवर्क'को खोजीमा भौँतारिने सर्वसाधारण उपभोक्ताबारे त बेलाबेला सञ्चार माध्यमहरूबाट सुनिएकै थियो । तर जिउँदो प्रमाण मिलेको थिएन आँखैअघि । त्यो जुट्यो गोरखामा । सीडिएमए प्रविधिको फोन गाउँको कुना-कन्दरासम्म पुग्दा सञ्चारबाट वञ्चित जनताले निकै राहत त पाएका छन्, तर सेवाको उपभोग तिनले सही र पूरा रूपमा लिन सकेका छैनन् निश्चय नै । विदेशतिर खेलाएर-थोत्र्याएर फ्याँकेको प्रविधि कठैबरा केही नदेखेका भेंडा जनतालाई के-के न हो भन्ने चमत्कारमा सजाएर बाँडे झैँ भान हुन्छ ।
यही तस्बिरमा पनि त बूढा बा पसलबाट बाहिर सडकछेउ निस्किएर चिच्याउँदै उताकालाई आफ्नो कुरा सुनाउन र उताको कुरा सुन्ने मिहिनेतमा डल्लो पर्दै चिच्याउँदैछन् । मानौँ भनिरहेका हुन् मोफसलबाट 'फसल' राजधानीलाई ती बूढा बाले - "ओइ काठमाडौँ, सुनिस् बज्जे !? अझै सुनिनस् ? कहिले सुन्छस् हे दैव !"
धाइबा जीका जीवान्त रचना त छदै छन समसामयिक लेखले समेत् बेजोडको झड्का लगाउछ।
ReplyDeleteएक सासमा हाम्रो राज्ययन्त्रको नालायकीलाई दह्रो प्रहार गर्नुभयो! क्याबात!
ReplyDeleteकथा पुरानै हो र गोरखा पुगेरै थाह पाउनै नपर्ने हो सायद। यो त काठमान्डौकै मुख्य समस्या हो। गोरखा सम्म यसको सुधार त कहिले कहिले पुग्ने होला। जे होस राम्रो कुरा उठाउनु भयो। धेरै धेरै धन्यबाद है।
ReplyDeleteकाठमाडौंबाटै काठमाडौं नसुनिने बेलामा गोरखाबाट काठमाडौं के सुनिन्थ्यो त ? हे हे !
ReplyDeleteसुबिधा नाम मात्र हो नि त धाइबा जी । नाम त छदैंछ । चाहे बायुसेवा होस् या सञ्चार ,या हुलाक । जय पशुपति :)
ReplyDelete