People

त्केलाको भावर मैदानमा
आली झैँ उठेका
लहरे नसा

काखीमा
चमेरो झैँ झुन्डिरहने
श्रमको पिरो बाफ

इन्द्रेणीको बर्षादी ओढेको
गोलो पर्वतमुनि
गुफा खन्दै भुलभुलाएको बादल

छातीको बन्द बाकसमा
कसैले पट्याएर छाडे जस्तो
गुनासोको खात-खात स्टकोट

परेलीको छाता ओढेर
आकाशको गस्तीमा सपना पछ्याइरहने
जोर परेवा

के मात्र पो छैन,

राजमार्गमा मस्त फन्का मार्ने
कल्याङमल्याङ योजनाका ट्रकहरूमा
रुँदारुँदै निदाएको छ
अबोध रहर

एक चोक्टा आवाजमा मेट्न भोक
सडकमा दादा भइहिँडेकै हो
                            - क्रान्ति

के पो छैन
हामीसँग,

हामीले हाँक्दै आएको रथमा
यतिखेर
हाम्रो लगाम त हो नभएको !

लगाम खिच्न बाँकी रहँदै -
हत्केलाको भावर मैदानमा
आली झैँ उठेका
यी लहरे नसा ... ।