हत्केलाको भावर मैदानमा
आली झैँ उठेका
लहरे नसा
काखीमा
चमेरो झैँ झुन्डिरहने
श्रमको पिरो बाफ
इन्द्रेणीको बर्षादी ओढेको
गोलो पर्वतमुनि
गुफा खन्दै भुलभुलाएको बादल
छातीको बन्द बाकसमा
कसैले पट्याएर छाडे जस्तो
गुनासोको खात-खात स्टकोट
परेलीको छाता ओढेर
आकाशको गस्तीमा सपना पछ्याइरहने
जोर परेवा
के मात्र पो छैन,
राजमार्गमा मस्त फन्का मार्ने
कल्याङमल्याङ योजनाका ट्रकहरूमा
रुँदारुँदै निदाएको छ
अबोध रहर
एक चोक्टा आवाजमा मेट्न भोक
सडकमा दादा भइहिँडेकै हो
- क्रान्ति
के पो छैन
हामीसँग,
हामीले हाँक्दै आएको रथमा
यतिखेर
हाम्रो लगाम त हो नभएको !
लगाम खिच्न बाँकी रहँदै -
हत्केलाको भावर मैदानमा
आली झैँ उठेका
यी लहरे नसा ... ।
तरिफ गर्न शब्दको कमी महसुस गरिरहेछु
ReplyDeleteबेजोड कविता पढ्न पाइयो ! भुवनजीले भनेजस्तै तारिफका लागि शब्दको कमी भो ! ए धाइवाजी, यो त अन्याय नै हो है फेरि !!
ReplyDeleteदाजु, मचैँ केही नबोलौँ क्यार । त्यसो गर्दै ठीक होला!!!
ReplyDeleteवाह! कति मार्मिक कविता!!!!
ReplyDeleteतर एउटा कुरा धाइबा जी, साउदी अरेबियामा यहाको ब्लग नखुलेर मैले ठुलै समस्या भोग्नु परेको छ अचेल, समस्या के हो? लौ न
sajilo kabita hoina yo.
ReplyDeleteklista saili..prastuti apthyaro dekhchhu...
gahiro kura lekhnu hunchha...marmik chha tara
"simply the best" chai hoina....kina bhane simple chhaina lekhai..
हामीले हाँक्दै आएको रथमा
ReplyDeleteयतिखेर
हाम्रो लगाम त हो नभएको !