मन पर्ने कुराहरूको सूची मान्छेको इन्द्रिय-बैँकमा धेरै हुन सक्छन् ।
जस्तो कि कसैलाई मैदानको हिलो माटो र त्यसको निक्खर गन्ध (सुवास) मन पर्छ, कसैलाई निराकार आकाश र त्यहाँ तिलमिलाउने जून र ताराहरूको जुलुस मन पर्छ । धरतीको कुरा गर्ने हो भने दासलाई मालिकको मीठो-मसिनो र आरामदायी जीवनशैली मन पर्छ, मालिकलाई दासको पसिनामा तैरिँदै आफूसम्मन् आइपुग्ने अनाजहरू मन पर्छन् । धरती र आकाश (हुन त त्यो कुनै ठोस तह होइन) को बीचमा वायुमण्डलमा कावा खानेहरू पनि धेरै जीव हुन्छन् । त्यसमध्ये पुतली पनि पर्छ । पुतलीहरू प्राय: सबैलाई मन पर्छन् । पुतलीहरू रङ्गीन हुन्छन्, यसैले सायद रङको संसारमा चोबलिन रुचाउँछन् ती । अथवा रङ्गीन दुनियाँमा फन्किने भएकाले प्रकृतिको रङ तिनमा सरेको हो कि ? यस्तो पागल प्रश्नमा पनि कहिलेकाहीँ लरबराउन मन लाग्छ । जिन्दगी अलिअलि त लरबराउनलाई पनि हो सीमा नभत्काउने गरी भन्नेमा विश्वास लाग्छ ।
पुतली र चराहरू स-साना जीवित विमान हुन्, जसमा ती आफ्नो पाइलट आफैँ हुन्छन् । यसैले तिनमा सौन्दर्यको भुल्को उठ्न सम्भव हुन्छ क्यार, मनमौजी तवरमा उर्लिन्छन् नि त ! प्रकृतिको लयमा विलीन हुनुमा जुन सुहाउँदो मनमौजी हुन्छ, त्यसलाई उछिन्ने तागत पो कसको ? यसै कारण डराएर होला विमानहरू उड्ने र अवतरण गर्ने धावनमार्गमा प्रकृतिको सानो टुसो पनि पलाउन नसक्ने गरी ढलान गरिएको हुन्छ ।
केही तस्बिर खिचेको थिएँ । यो पोस्ट मन त लागेको थियो – ‘पुतली’ शृङ्खलामै कम्तीमा आधा दर्जन तस्बिर राखूँ । तर यो शीर्षकअनुसारका ताजा तस्बिरहरू भएनन् पछिल्लो समयमा । उसो त काठमाडौँमा पुतली नै देखिँदैनन् । पुतलीसडक र बत्तीसपुतलीका ठेगानाहरूमा भौँतारिँदा तिरीमिरी तारा देखिएला, पुतली त खोई !!? गाउँतिर भने बालापनमा हामी घामकिरी र टिकुली भन्दै पुतली पक्रिएर खुब उत्सव मनाउँथ्यौँ । पुच्छरमा मसिनो धागो बाँधिदिएर चङ्गा उडाए जस्तो गरी माथि आकाशतिर छाड्थ्यौँ । हल न चल भएर भुइँमा थला नपरेसम्म तिनले हाम्रो इशारामा उड्नुपर्थ्यो । यसरी सिकार बन्थे पुतलीहरू ।
यो पोस्टमा चाहिँ उड्ने पुतलीका साथै नामै पुतली भएकी गोरखा जिल्ला आरुघाट बजारकी फुच्ची नानीको तस्बिर पनि समेटेको छु । वास्तविक उड्ने पुतलीहरू त खास शत्रुको प्रहार र दुर्घटना नहुन्जेल त नि:सङ्कोच उडि नै रहनेछन् । बाउ-आमाले चिया-चाउचाउका साथै रक्सीसमेत बेच्ने पसलकी नयाँ पुस्ता यो पुतलीले कतिसम्मको र कहाँसम्मको उडान भर्ली कुन्नि ?
पुतलीहरू उडिरहून् … … उड्न सकिरहून् ।
तिनको पखेटा नकाटियोस् कुनै बहानामा ।
चुसेको फूल होइन, जीवनतिर हात बढाइरहेछु
सुरक्षित अवतरण पनि त चाहियो बेलाबेला
हिमाली गुफामा लुकेको सुनाखरी : लाजले लोलाएकी गोरखाकी पुतली
धक र डर ? छैया !!
ReplyDeleteभुतुक्क बनायो यो तस्वीरले त.... अरु कुरा तस्वीर जस्तै मोहनी लगाउने खालको छ .. यत्ति भनें ।
अति सुन्दर तस्बीरहरु प्रकृतिका र सुन्दर मानव-प्रकृतिका! र तपाईँका मिठा कुराहरु! यति भएपछि के चाहियो??
ReplyDeleteतपाईको पोस्ट पढ्दै गर्दा मलाई पन स्कूल जीवनमा 'झ्यालिन्चा' समातेर उडाएको याद आयो ।
ReplyDeleteबाँकी तस्बिरहरु सबै प्राकृतिक र 'peculiar' पनि छन।
पुतलीसडक र बत्तीसपुतलीका ठेगानाहरूमा भौँतारिँदा तिरीमिरी तारा देखिएला, पुतली त खोई !!? ( हाहा ) नाम मात्रको पुतलीसडक होइन र ?
ReplyDeleteहो नि - बाल्यकालमा पुतली पक्रिएर पुच्छरमा मसिनो धागो बाधेर चङ्गा जस्तो बनाएर उडाउदा खुब खुसिले उफ्रेको पनि !!
राम्रो टासो - जीवन जी !!
अनि पक्कै पनि पुतलीहरू उडिरहून् … … उड्न सकिरहून् । तिनको पखेटा नकाटियोस् कुनै बहानामा कहिल्यै पनि ! (तपाइँ कै शब्दमा भने है !)
'पुतलीहरू उडिरहून् … … उड्न सकिरहून् ।
ReplyDeleteतिनको पखेटा नकाटियोस् कुनै बहानामा ।'
सुन्दर विचार, सुन्दर तस्वीरहरु !!
I used to love these butterflies a lot when I was child...
ReplyDeleteJust I revived my feelings...this post made me nostalgic...
Growing up is annoying...its kinda getting away from nature...
Different colored wings...red , black, blue...white, pink...various colors reflecting various colors of life...
One thing you forgot to mention that ....butterfly comes out of caterpillar...this makes me feels amazed...How would a caterpillar know that it is going to be a butterfly, the most beautiful insects...most Nakali...in our term,.... :)
पुतलीहरू उडिरहून् … … उड्न सकिरहून् । तिनको पखेटा नकाटियोस् कुनै बहानामा । आकाश अझ फराकिलो बनोस। नेपालीको मन पनि त्यस्तै रहोस।
ReplyDeleteअहा! पुतलीहरु!!
ReplyDeleteयो भावना पहिले नै पढे/सुनेजस्तो लाग्यो, सायद बाल्यकालको भोगाई उस्तै उस्तै भएर हो । तस्विरका सबै पुतलीहरुले मन हरे । दोश्रो तस्विरमा भएको पुतलीलाई हामी अलि फोहोरी तरिकाले चिन्थ्यौं र हाँस्थ्यौ बच्चामा र त्यसले नै धेरै सास्ती पाउँथ्यो हामीबाट ।