November 21, 2011

बिहेपछि

यो छातीको गिटार जलिरहँदाGroom.
नाचिरहेकी हुन्छौ,
कुन धुनले पो फुक्छ तिम्रो खुसीको मुरली ?
मैं डुबेको इनारमा
घाँटी-घाँटी आएको पानीमा
दिनहुँ तिमी ऐना हेर्छौ
तौलिन्छौ सिन्दूरी जोबन
फाटेको चौबन्दी पनि लालीगुराँस हाँस्छ !

 

सम्झनाको ढुंगाले अझै ताक्छ निशाना
म भइरहेको हुन्छु शीशा
कुल्चिँदै जान्छौ तिमी
कुर्कुच्चाको आँखाले हेर्दै अलप हुन्छौ

 

त्यो बैंसको करुवामा
लमतन्न झुन्डिएर
कसैले गरिसक्यो आत्महत्या,
आधा ग्लोब – दुइटा
कसैले खोस्रिइसक्यो त्यहाँ पनि
जैविक तेलकुवा वा मादक खजाना

 

बिहेअघि बिदाइमा
जसरी रोएकी थियौ शिष्टाचार आँसु
अहिले हाँसोको त्यस्तै निर्जीव जालो छ
फैलिँदै फाट्छ
फाट्दै फैलिन्छ

 

तिमी त अब
अर्कैको नासो
अर्कैको चासो
मेरो लागि केवल यादको पासो
बिहेपछि पनि केको अलमल हो यता ?
किन सरक्कै छाडेर जाँदिनौ  आफ्नो नयाँ घर ?

7 comments:

  1. Splendid..as always... sarai sundar lag6n tapaikaa bimbaharu...

    ReplyDelete
  2. {है? त्यै त । जानुपर्ने हो नि । गाल पार्न किन देखिएकि होलिन् यता?}

    मिठो कविता तर पुछारमा निष्ठुरी बन्दाखेरका कुराहरु बेस्वाद लागे ।

    ReplyDelete
  3. so nice creaTION................CONTINUE THE SAME

    ReplyDelete
  4. Dherai maan 6une Kabita...............

    ReplyDelete
  5. kabita ma tanav chha.dhaibaji ko sailigat jatilta dekhinchha yesma pani.taipani sakesamma bujhda kabita mann paryo la.

    ReplyDelete