December 17, 2011

कुन हो ठाउँ ?

KamalPokhari
तस्बिरमा देखिएको ठाउँ कहाँको हो ? राम्ररी नियाल्नुस् त ! विदेश हो कि स्वदेश ? पैल्याउन सक्नुभएन भने जानकारी र यससम्बन्धी थप तस्बिर हेर्न भित्र आउनुस् >>

यो कुनै विदेशको नभई राजधानी काठमाडौंकै ठाउँ हो । यसको नाम त तपाईंले कति-कति पटक सुनिसक्नुभएको छ । धेरै पटक यही पोखरीको छेउ हुँदै बाटो पार गर्नुभएको पनि होला । दुई वर्षअघि खिचेको माथिको तस्बिर कमलपोखरीको हो । पृष्ठभूमिको भवन व्यापारिक मल सिटी सेन्टर हो । कमलपोखरी भन्ने नाम लिंदा आजकाल धेरै जना गाडी चढ्ने –उत्रिने स्टेशन वा छुट्टै जक्सनको रूपमा मात्र बुझ्छन् । नाम सुनिंदा समेत ठ्याक्कै पोखरीकै झलक दिमागमा नआए पनि कमलपोखरीले बिस्तारै पुनंजीवन पाउँदैछ ।  जुन पोखरी केही वर्षअघिसम्म नाममात्रको हुँदा ‘न कमल, न पोखरी’ भनेर् व्यङ्ग्य समेत गरिन्थ्यो । सुकेको पोखरीमा अहिले टन्नमन्न पानी त भरिएको छ, तर कमल फुलेको भने अझै देखिंदैन । पछिल्लो समयमा वरिपरि पर्खाल लगाएर संरक्षणको काम थालिएको छ । कैयौं पटक यही पोखरीछेउ हुँदै ओहोरदोहोर गर्दा निकै तस्बिर खिचेको छु कमलपोखरीको । विभिन्न समयमा खिचेका ती तस्बिरमध्ये केहीलाई यसपाली ब्लगको गर्जो टार्न यहाँ बाँड्दैछु ।









KamalPokhari5


KamalPokhari6

3 comments:

  1. कमलपोखरीका दृश्यहरु खुबै सुन्दर लागे | अब पोखरीभरि कमल पनि फुलेको हेर्न पाइयोस | धन्यवाद !

    ReplyDelete
  2. मलाई थाहा थिएन कमलपोखरिले पुनर्जीवन पाएछ। तपाईंको ब्लग मार्फत देखेर, पढेर खुशी लाग्यो-धन्यबाद !!!

    ReplyDelete