आधा रङ्ग गए पनि जवानीको फूल उस्तै
तैपनि छ जिन्दगीमा आँसुको यो मूल उस्तै ।
तिमी मात्र मेरा प्यारा भन्ने सीमा तोक्नु किन,
धेरैलाई प्यारा भन्ने गर्यौ होला भूल उस्तै ।
मेला अनि हाटतिरै सिक्लान् बरु केटाकेटी,
कठै यहाँ तर्साउने बन्दीझैँ यो स्कुल उस्तै ।
मुहारको गुलाफले गाढा रस फिँजाउँछ,
हेपिएछ रुपैबिना चेतनाको तरुल उस्तै ।
निम्तो लेख्ने समयमा आफैँ पारि पुगिन्थ्यो कि,
पारिबाट ऊ नै आओस् भन्छ तर पुल उस्तै ।
***
Where words smile ...
No comments:
Post a Comment