ति-कति बात मार्दा अनि बल्ल कुरा मिल्यो
नियत यो नबिगार्दा अनि बल्ल कुरा मिल्यो ।


जूनैजून उडाउने रहरले दुःख दियो,
यथार्थमा सबै झार्दा अनि बल्ल कुरा मिल्यो ।


झ्याङ्गिएर खुला जरा अर्को जुनी नजेलिँदै,
गमलामा फूल सार्दा अनि बल्ल कुरा मिल्यो ।


दुई किनार भै घुर्क्याउँदा तड्पिनु त पर्‍यो अलि,
आफूलाई पारी तार्दा अनि बल्ल कुरा मिल्यो ।


सानोतिनो कुरुक्षेत्र त्यसै कतै जागे पनि,
सँगै जित्दा सँगै हार्दा अनि बल्ल कुरा मिल्यो ।

मार्च २६, २००८ (बुधबार) नक्साल, काठमाडौँ ।