लेछ ती अधरमा जुनार यस्तरी
आँखाभरि नाचिरह्यो मुहार यस्तरी !

मनमनै डाक्यौ होला मलाई प्यारले,
मैले भने सुनेँ सोझै पूकार यस्तरी !

घाउ थियो भित्र कतै आँसु चुहाउँथ्यो,
तिमी आयौ तब भयो सुधार यस्तरी !

आफू प्यासी रहेर नै तृप्‍त पारेको छु,
को पो होला दुनियाँमा उदार यस्तरी !

मुटुभित्र मायालुको फोटो खिचाएर,
भएको छु ती आँखामा कुमार यस्तरी !