राजधानीको होलीको रङ नै चर्को ! होली आउनुभन्दा एक साताअघिदेखि नै लोलाको वर्षाले सडक र गल्लीको दायाँ-बायाँ अभागी ढाडहरूलाई अधैर्यपूर्वक प्रतीक्षा गरिरहेका हुन्छन् । को साथी, को बटुवा केही हेक्का राखिन्न । हत्तपत्त रङ त देख्नै पाइँदैन । विशेषत: युवा उमेरसमूहका अनुहारहरू होलीको बहानालाई उपद्रै रमाइलो गर्ने रूपमा लिन्छन् । यस्तो आशक्तिलाई संस्कृतिप्रेम भन्ने कि चाडबाडको नाममा अराजक प्रथा ? प्रस्तुत छ यसपाली मेरा आँखाले नियाल्न भ्याएका होलीका केही झाँकीहरू ------