------ गजल ------

महबात सुनाइमा अल्झिनु छ

माकुराको बुनाइमा अल्झिनु छ ।


जलारीले खुला नदी जेल पार्‍‍यो,
त्यही तातो थुनाइमा अल्झिनु छ ।


मान राख्‍न कसैलाई फूल भई,
सियोधागो उनाइमा अल्झिनु छ ।


आँखा तिम्रा दृष्‍टि होइन दृष्‍य बन्छन्,
कुनै लोभी चुनाइमा अल्झिनु छ ।


अङ्क जस्तै दायाँबायाँ मिल्किएर,
जिन्दगीको दुनाइमा अल्झिनु छ ।