April 7, 2009

... अल्झिनु छ

------ गजल ------

महबात सुनाइमा अल्झिनु छ

माकुराको बुनाइमा अल्झिनु छ ।


जलारीले खुला नदी जेल पार्‍‍यो,
त्यही तातो थुनाइमा अल्झिनु छ ।


मान राख्‍न कसैलाई फूल भई,
सियोधागो उनाइमा अल्झिनु छ ।


आँखा तिम्रा दृष्‍टि होइन दृष्‍य बन्छन्,
कुनै लोभी चुनाइमा अल्झिनु छ ।


अङ्क जस्तै दायाँबायाँ मिल्किएर,
जिन्दगीको दुनाइमा अल्झिनु छ ।

6 comments:

  1. मेरो आफ्नो परिस्थिती सँग आसान्दर्भिक भए पनि गजल चाँही राम्रो लाग्यो...

    आफुलाई त मणीको कबितामा भने जस्तै भा'छ


    भर्खर धितोमा राखेर धनिपुर्जा
    ऋण मुक्त भएको छु;
    पारपाचुके गरेर फर्किएको छु अदालतबाट
    र स्वतन्त्र भएको छु..

    त्यसैले साथी
    अहिले नै फेरी अल्झिनु छैन..

    ReplyDelete
  2. साँच्चै कति धेरै अल्झने ठाउँ छन् है जिन्दगीमा ! यता, उता जताततै बाध अड्चन मात्रै !!

    जे होस् गजल चैँ मनपर्‍यो मलाई !! ट्वाक्क पारेर लेख्‍नुभएको रहेछ ॥

    ReplyDelete
  3. जिवन जी को फेरिएको ब्लग ठेगानाले गर्दा केहि महत्वपुर्ण पोस्टबाट टाढै बस्न पुगेछु। फेरि साथिहरुको घरभित्र छामछुम गर्दै छिर्ने मौका पाए ।

    सटिक भावको मिठो प्रस्तुति लाग्यो गजल । स्वतन्त्रताको खोल ओढेर माकुराको जालोमा अल्झिए झै अल्झिएर बस्नुपर्ने बिडम्बनाको बेजोड प्रस्तुति ।

    ReplyDelete
  4. साच्चै धाइबा जि यो जिन्दगी पनि बेजोडको छ,समयको यो दौडाहामा हरेक कुरामा भ्याइ नभ्याइ छ हजारौ मनका इच्छाहरुलाई कुनै कुनामा मिल्काएर अरुको खुशीमा रम्न भ्याउनु छ कसै सँग भेटेने बहानामा अर्कोसग छुटिनु छ, कसैलाई हसाउनको लागि अर्कोलाई पिंडा थोपरी दिन पनि भ्याउनु छ यही हतारै हतारको यात्रामा कहिले अड्किन्छ जीवन जालो भित्र माकुरो अड्केझै त कहिले नफा र घाटाको गणितिय हिसाब भित्र फस्न पुग्छ। अत्यन्त मन छुने गजल।

    ReplyDelete
  5. मान राख्‍न कसैलाई फूल भई,
    सियोधागो उनाइमा अल्झिनु छ ।


    आँखा तिम्रा दृष्‍टि होइन दृष्‍य बन्छन्,
    कुनै लोभी चुनाइमा अल्झिनु छ ।

    ई शेरहरुमा चैं साह्रै चित्त पर्यो ।

    ReplyDelete
  6. गजलप्रति निरन्तर सद्‌भाव राख्‍नुहुने सबैलाई आभार !

    मिलनजीको टिप्पणीमा केही भन्न मन लाग्यो ।
    आफ्नो परिस्थितिसँग नमिले पनि गजलप्रति चाख जनाउनुभएकोमा खुसी लाग्यो । अल्झिने प्रसङ्गमा कुरा गर्दा, अल्झिनु हाम्रो रोजाइ त पक्कै हुन सक्दैन । जीवनमा हामी जति पनि सङ्घर्ष र घिसापिटानमा होमिन्छौँ, थोरै भए पनि सूख-सुविधा र सुल्झाइयुक्त सहज जीवनयापन हुन्छ कि भनेरै हो । तर रोजाइ नहुँदानहुँदै पनि अल्झिनु हाम्रो भोगाइ त बन्छ नै विभिन्न मोडमा । यो मानवीय तथा अन्य प्राणीगत नियति र विडम्बना हो । यही शाश्‍वत पाटोलाई इङ्गित गर्दै यस गकजलमा मैले भाव भरेको हुँ ।

    सिकारुजी फेरिएको ब्लगठेगानाबारे सबै शुभेच्छुक मित्रजनलाई सूचित गर्ने सोच भए पनि कहीँ प्राविधिक समस्या र कहीँ आफ्नै सुस्तताले त्यो हुन सकेन । र पनि ठेगाना त जसरी पनि आत्मीय मनले पत्तो पाएरै छाड्ने रहेछ । यसमा भने म खुसी छु ।

    ReplyDelete