रानी पोखरी, इतिहासको ऐनामा माझिएको अनुहार । र मायाको कलिलो आँधी !
एउटा ठिटौले दिनमा जब हिँड्दै थिएँ पोखरीलाई बायाँ बनाएर, एउटी युवती पोखरीछेउ उभिएर घोरिएको खुबै सुहाएको देखें मैले । ती नानीले माछालाई चारो छर्दै थिइन् पोखरीमा । बस्, मेरो क्यामेरालाई पनि चारो मिलिहाल्यो, मैले क्लिक् बजाएँ ।
त्यही फोटो मेरो ब्लगको नयाँ स्तम्भ 'महिनाको फोटो'को पहिलो प्रस्तुतिमा पस्किएको छु । अब हरेक नेपाली महिनाको पहिलो साता CaFe मा एउटा तस्बिर प्रस्तुत गर्दै जानेछु । फोटो पत्रकारिता आंशिक (पत्रकारिताको सिङ्गो पढाइअन्तर्गत नै केही मात्रामा पाठ्यक्रममा पढ्न पाएको) रूपमा पढेको उपयोगिता र फोटो खिच्ने आफ्नै रुचिबाट डोरिँदै यो स्तम्भ सुरु गरेको हुँ । सारा संसारको दर्शन गराउन नसके पनि देशको कुनै घटना, अवस्था र विशेषताको झलक दिन सकेँ भने मेरो यो प्रयासको फल त्यही हुनेछ ।
एकदम मज्जाको काम थालनी गर्नुभयो दाजु !! मलाई पनि यो फोटो पत्रकारिता एकदमै मनपर्छ अनि समाजका विभिन्न पाटा ओकल्ने फोटाहरू साह्रै मज्जा आउँछ हेर्नलाई !!
ReplyDeleteअव चाहिँ क्यामरा किन्नुपर्यो म पनि । फोटोपत्रकारिताको मोहले पो तान्न थाल्यो मलाई त। धन्यवाद है !!
ReplyDeleteनयाँ शुरुवात को सफलताको कामना ।
ReplyDeleteफोटोको सुरुवात मलाई पनि राम्रो लाग्यो । बरु यो "टी नानी" चाही बुझीन है मैले !
ReplyDeleteबधाई छ ! नयाँ स्तम्भको नाम गजब लाग्यो । पक्कै रमाउनेछौं हामी तपाईंको यस स्तम्भ अन्तर्गत पस्किईने तस्विर ब्यञ्जनमा । शुभकामना !
ReplyDeleteगजबको idea धाइवा जी ! नयाँ पाइलाको लागि हार्दिक शुभकामना, नौलो आयामले सदैव निरन्तरता पाओस् ...
ReplyDeleteसफलताको शुभकामना ! मलाई पनि राम्रो लाग्यो यो प्रयास |
ReplyDeleteराम्रो शुरुवात! सफलताको शुभकामना!
ReplyDeleteतपाइंको आँखाले देखेको कुरा क्यामराको आँखाले पनि देखोस | फोटो हेरेपछि वर पर माथि तल केहि पढ्नुपर्ने नहोस | शुभकामना!
ReplyDeleteहुटहुटीको लागि आभार ।
ReplyDeleteपक्कै पनि सामाजिक आँखीझ्यालको रूपमा यसलाई विस्तार गर्नेछु ।
तर चैतन्यज्यूले भने जस्तो 'तस्बिर आफैँ बोल्छ' भन्ने रूपमा नभै फोटो फिचरको ढाँचामा यसलाई पस्किने सोच हो मेरो ।