यति सानो खोपडीमा विचार कहाँ-कहाँबाट आउँछन् ।
उठेका यी मुठीहरू कुँजिएर नै त बस्छन् कहाँ,
खुल्नासाथै हत्केलामा निखार कहाँ-कहाँबाट आउँछन् ।
यति हुन्छ यति हुन्न कसले कोरेछ लक्ष्मणरेखा,
थोरै सीमा नाघीहेर्दा किनार कहाँ-कहाँबाट आउँछन् ।
थाम्नै सकिन्न साँगुरिएको मनको ढक्कन खोलेपछि,
संसारै यो ढाक्ने गरी पियार कहाँ-कहाँबाट आउँछन् ।
सात समुद्रपारि होला अचम्म भई सोच्दै होला,
स्वदेशको दशैँ अनि तिहार कहाँ-कहाँबाट आउँछन् ।
-------------------------------
-------------------------------
पछिल्लो समयमा गजल नलेखे पनि गजलप्रतिको मोह भने मादल घन्किए जस्तो कम्पन छोड्दै बसेको छ मनभरि । यसैले घरिघरि गजलकै भाका झिक्न खोजिरहेको थिएँ बल्ल आज सबै कुरा जुर् यो र केही पुरानै भए पनि गजल अघि सारेको हुँ । यो गजल यसअघि आफ्नै सामूहिक वेबसाइट अनलाइन साहित्य डटकममा प्रकाशन भएको थियो र फेसबुकमा समेत त्यसको लिङ्क बाँडेर केही मित्रले त त्यहीँबाटै यसको स्वाद लिनुभयो होला । फरक यति कसैलाई छिप्पिएको निबुवा लाग्यो होला कसैलाई भने कट्मिरो कागती । आफ्नै लेखनलाई फरक धार दिँदै आफैँलाई उछिन्ने क्रममा यो गजल सिर्जिएको हुँ । गजल यहाँ पस्किएसँगै अब केही नयाँ गजलको सिर्जना गर्ने प्रण पनि गरेको छु ।
गज़ल कागती जस्तै सरस छ, तर्क र उत्सुकताले भरिएको छ |
ReplyDeleteसारै मिठो । साँच्चै तपाईंलाई कुरा चािहं कहाँ कहाँबाट आउँछन् हँ ?
ReplyDeleteभोक मात्र लाग्नुपर्छ सिकार कहाँ-कहाँबाट आउँछन्
ReplyDeleteयति सानो खोपडीमा विचार कहाँ-कहाँबाट आउँछन् ।
...........
पहिलो शेर निकै राम्रो लाग्यो !
क्रान्तिकारी धारको उत्साहपूर्ण छ !!!!
ReplyDelete