सहरमा, सुन्छु -
खानतलासीमा शङ्कास्पद वस्तु भेटियो रे
पड्कियो रे शक्तिशाली बम
सबैभन्दा दिगो र खतरनाक बम त
यही पेट हो सरकार !
यसको रोकथाम गर्न
आउँछ कुन बम डिस्पोजल टोली ?
कतै डेरिडाको विनिर्माणको बौद्धिक चिन्तन
कतै वात्स्यायनको कामसूत्रको मन्थन
यो सहरमा
आलु-प्याजसँगै पाक्छ
हल्लाको नरम तामा,
गिज्याउँछन् हामीलाई
नतिखारिएका स्तन जस्ता
सम्पदा भनिने
बासी गौरवका चुचुराहरूले
यत्ति छ सपना-
चपाइँदै-चपाइँदै बिलाउने
पुष्टकारी नै भएर
हराउनेछन् यहाँका
सबैभन्दा चाम्रा मान्छे पनि
र
मुखको तातो फिँज जस्तै
हामी चुहिनेछौँ तपक्क
आँसुका लेउ छोप्दै
जुगौँ गुडुल्किएको जीवन बगाउँदै ।
लोकगीत, लोकको यथार्थ !
ReplyDeleteशीर्षक लोकगित हुने वित्तिकै आजकाल चलेको 'दोहोरी' पो हो कि भन्ने सोच्दै थिँए तर वास्तव मा लोक गित नै रहेछ ।
ReplyDeleteयत्ति छ सपना-
चपाइँदै-चपाइँदै बिलाउने
पुष्टकारी नै भएर
हराउनेछन् यहाँका
सबैभन्दा चाम्रा मान्छे पनि
र
मुखको तातो फिँज जस्तै
हामी चुहिनेछौँ तपक्क
आँसुका लेउ छोप्दै
जुगौँ गुडुल्किएको जीवन बगाउँदै ।
"सहरमा, सुन्छु -
ReplyDeleteखानतलासीमा शङ्कास्पद वस्तु भेटियो रे
पड्कियो रे शक्तिशाली बम
सबैभन्दा दिगो र खतरनाक बम त
यही पेट हो सरकार !"
यी शब्द निकै उत्कृष्ठ लागे ........
पन्थी दाइ ले भन्नु भए जस्तै "लोकगीत, लोकको यथार्थ !" नै रहेछ !
तपाइजस्तै……
ReplyDeleteजीवन छ शब्दमा
रातको कथा
दिनको अनि मध्यान्ह पनि
भोक निद्रा र थकान बोलेको छ
झ्याल नभएको निस्सासिदो एउटा कोठा
थोत्रो स्टोभको गन्हाउने मट्टितेल
अनि चिसो सिमेन्टमा लपक्कै टाँसिएको
एकोहोरो खोकी
त्यो महलको एक फेर तान्दै
कविताले समग्रमा शहर छोएको छ
Jiwan bagaudai....
ReplyDeleteSabda ko chayan ani jun feelings le sabda sabda badhnu huncha...tyo nai malai sabai bhanda priye lagcha...tesle uthaune taranga maan ma nai sabai bhanda priye lagcha malai
:)