कहिलेकाहीँ धेरै सोचिन्छ र केही पनि सोच्न सकिन्न । त्यसमा पनि मलाई बात लगाउँछन् मान्छेहरू – तँ अलि चाहिने भन्दा बढी नै सोच्छस् यार ! र यति तीव्रतम सोच राख्दै आए पनि यसको फल आखिरमा के निस्कियो त ? यसो सोच्छु र फेरि केही पनि सोच्न सक्दिनँ । अन्तर्मुखी हुनुको गुण यस्तै हुँदो हो ।
जीवन सोचाइकै जोड, घडाउ र आखिरमा योगफलको शून्य जस्तो लाग्छ । यस्तो विश्लेषण अलि निस्सारवादी लाग्छ सक्छ । तर कहिले त जिन्दगीका सानातिना आँखीझ्याल पनि बन्द हुन्छन् केही पनि देखिन्न । अनि सर्वत्र निस्सारता मात्र हात लाग्छ । तर सबैजसोले कहिले न कहिले त अनुभूति गर्दा हुन्, कहिलेकाहीँ त आफ्नै मन पनि भारी भए जस्तो हुन्छ । यही अनुभूतिको सेरोफेरोमा एउटा गजल केही समयअघि लेखेको थिएँ ।
आफ्नै मन पनि भारी हुने छाँट देखिँदैछ
रेट्छ यो मौसम आरी हुने छाँट देखिँदैछ ।
रेट्छ यो मौसम आरी हुने छाँट देखिँदैछ ।
कति विघ्न मोहनी लगाएछ गहनाले,
सिङ्गो जीउ आलमारी हुने छाँट देखिँदैछ ।
सिङ्गो जीउ आलमारी हुने छाँट देखिँदैछ ।
जुगौंअघि पनि थियो आज पनि आएकै छ,
यो दुःख त अवतारी हुने छाँट देखिँदैछ ।
यो दुःख त अवतारी हुने छाँट देखिँदैछ ।
कहाँ कसको नजर लागेछ आज यसरी,
अँगालोको माया पारि हुने छाँट देखिँदैछ ।
अँगालोको माया पारि हुने छाँट देखिँदैछ ।
उध्रिएको खुसीलाई यता सियो उता फुक्छ,
यस्तो सिलसिला जारी हुने छाँट देखिँदैछ ।
यस्तो सिलसिला जारी हुने छाँट देखिँदैछ ।
likes....
ReplyDelete