उनलाई लाज लाग्छ । लाज लागेपछि लजाउन पाउनु मौलिक हक हो ! यसर्थ स्वाभाविक हो, उनी लाज मान्छन् । मण्डपमा बसेकी कुनै बेहुली वा हतकडी लगाएर अनुहार छोप्न असमर्थ कुनै अभियुक्तको कुरा होइन यो । हाम्रै कामचलाउ प्रधानमन्त्री माधवकुमार नेपाल लजालु भएका छन् । मुलुक हाँक्ने जिम्मेवार व्यक्ति लाजवन्ती झार जस्तै लल्याकलुलुक बन्ने गरेपछि अरू सर्वसाधारण मनुवालाई पनि धक फुकाएर लजाउन छुट भो ! मुलुकमा संघीय राज्य कसरी मिलाउने भन्ने बहस चलिरहेको बेला आजकाल ठाउँ-कुठाउँ स्वायत्त प्रदेश घोषणाको लहर चलेको छ, मिल्छ भने अर्को एउटा पनि घोषणा गरिदिए भैगो - लजालु गणराज्य ।
डेढ वर्षभन्दा बढीको प्रधानमन्त्री कार्यकालमा उनी यस्तो लजालु सायद कहिल्यै थिएनन् । प्रधानमन्त्रीमा निर्वाचित भइसकेपछि सपथ ग्रहणका लागि पिताजीको साथ लागेर राष्ट्रपति भवन पुग्दा पनि उनी लजाएनन् । बरू पदीय ठाँट झिक्दै गमक्क परे । प्रतिपक्षी दलको आलोचनाको अस्त्र र कति-कति कोप झेल्दा पनि गम्किन नछाडेका कामचलाउ सरकारका यी हेडसर बल्ल यतिखेर आएर लजाए । कारण थियो – मुलुकको विद्युत् लोडसेडिङ समस्या । (प्रधानमन्त्री लज्जावती भएको खबर पढ्न यहाँ पसौँ । वर्षौदेखि कुरा गर्दै आए पनि लोडसेडिङ समस्या हटाउन नसक्दा लाजैमर्दो भएको अनुभूति गरेछन् प्रधानमन्त्रीले । लज्जा गहना हो भन्ने कुरो यतिखेर भए पनि बुझेछन् उनले । तर लज्जा कसको र कुनबेलाको गहना हो भन्ने विश्लेषण उनैले ढिलो-चाँडो गर्लान् । अहिले त लजाएरै फुर्सद छैन उनलाई ।
विभिन्न मन्त्रालयका सचिवहरूसँगको बैठकमा प्रधानमन्त्री लजाएनन् मात्रै, सुरिलो कण्ठ खोलेर कुर्लिए पनि । पर्यटन वर्षको सन्दर्भमा राजधानीको फोहोरमैलाको समस्या, सहरमा भवन निर्माणको संहिता, निर्यातमूलक उद्यम विकास लगायतका समस्याको पोको खोतल्दै ठीकठाक पार्न प्रधानमन्त्रीले सचिवहरूलाई निर्देशन दिए । यस्तो लाग्थ्यो ठूलाबडा पदमा बस्नेले गर्ने काम त यही अह्रनखटन नै हो कि के हो ? थर्कायो, काम भइहाल्यो, जागिर पाक्यो ! लजाउने र थर्काउने मात्र यिनको काम हो भने राज्यको ढुकुटी धमिराको घर जस्तै खोस्ट्याएर किन पाल्नुपर्यो यिनीहरूलाई ? यस्तै सोच्लान् मुलुकका लाटा-गाँडाहरू । धन्न ! तर बेपर्वाह लजाएर, क्रुद्ध भएर कार्यकारी उच्चतम तहको मनुवा सरकार चलाइरहेछ ।
बडो सटीक व्यंग | तै देशमा लोड शेडिंग छ भन्ने चाहिं थाहा रहेछ उहाँलाई | थाहै नभएका मंत्री पनि छन् भन्ठान्छु म | अरु सबै कुरा सप्रेको भए त लोड शेडिंग जाबो जनताले सहेरै बसीदिन्थे नि , कत्रो कुरो हो र !
ReplyDeletemitho lagyo.
ReplyDeleteDhaiba sir, sarhai chotilo 6 yo lekhot. dherai pa6i aaja tapaiko blog padhiraheko 6u.
ReplyDelete-shambhu dangal
कहिलेकाहीँ विदेशीहरुलाई भेट्ने बेलामा मलाई दुई थरी लाज लाग्थ्यो । एउटा देशको बेहाल भएको र अर्को भने यस्तो बेलामा समेत देशका सत्तामा बस्नेलाई लाज नलागेको देख्दा । जे होस 'उनी'लजाएको खवर पढेपछि मेरो दोस्रो लाज भने कम भएको छ । उनको लाजले निरन्तरता पाओस् र अरु "मै हुँ" भन्ने सबैलाई पनि एकमुष्ट लाज लागोस !
ReplyDeleteKati mitho sanga bhannubho hai... bado maja lagyo!
ReplyDeleteNice satire :) hehe.... Really nice !!!....
ReplyDelete