वसन्तपुरसँग किन-किन आत्मीयता गाँसिएको छ । भीडैभीडको साम्राज्य हुने भए पनि असीम शान्तिको अनुभूति हुन्छ त्यहाँ । अझ साँझपख सुस्ताउनुको मजा नै बेग्लै । एक्लै लरखराउँदै पुग्दा पनि साथीको अँगालो फुकाए झैँ पर्खिरहेको हुन्छ वसन्तपुर । मान्छे जिन्दगीमा अक्सर एक्लै त हुने हो । यसैले वसन्तपुर जस्तो ठाउँको महत्त्व अझ बढी छ । खल्तीमा खुजुरा पैसा जस्तै जिन्दगीमा रहेका कतिपय दिक्कता वसन्तपुरकै डबलीहरूमा टहलिँदै झारझुर पारी निखारेको छु । वसन्तपुर परिसरकै मन्दिरको काठे पेटीमा बसेर कतिपय अपूरा कविताहरू छिमल्दै पूरा गरेको छु ।
आत्मीय मान्छेसँग त्यहीँ झगडा,घुर्की, गनगन र फकाउने कार्यको शिलान्यास समेत भएको अमिट स्मृति छ । वसन्तपुरको नामैले गाढा स्वाद भरिन्छ । काठमाडौँले सिता दिएको छ, केही गर्ने टेको दिएको छ । तर हामी यसैलाई गाली गरेर निठूरी हुँदै छोडिआएको गाउँको यादमा भक्कानिन्छौं । जीविकाको आधार दिने सहरलाई सत्तोसराप मात्र ! यसो हेर्दा-सोच्दा काठमाडौंमा अनेकौँ सपनासहित लाख-लाख टाउकोहरूको तनावयुक्त थपडीबाहेक केही छैन । तर वसन्तपुर, स्वयम्भू स्तुपा जस्ता ठाउँको कारण पनि काठमाडौंलाई चटक्क भुल्न गाह्रो छ ।
वसन्तपुरमा एकदिन टहलिँदा यस्तै झलकहरूले आत्मीयता साटिरहे --
mitho!!
ReplyDeleteNicely captured pictures!!!
ReplyDeleteजीवन जी धेरै राम्रा तस्विरहरु .......... सबै ले मन तानिरहे !
ReplyDeleteहाम्रा सम्पदाहरुका तस्विरहरु त राम्रा छन् नै तपाईंको लेखन् शैली पनि राम्रो लाग्यो जीवन जी ।
ReplyDelete